कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार हत्या आशंकामा एक पक्राउ

एएफपी

सोफिया — जर्मन प्रहरीले बुल्गेरियाकी टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्या आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ  ।

पत्रकार हत्या आशंकामा एक पक्राउ

तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेसा नभई व्यक्तिगत कारण रहेको सञ्चारमाध्यमले जनाएका छन् ।


३० वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनारामा फालिएको अवस्थामा भेटिएको थियो । उनी रुजस्थित टेलिभिजन च्यानल टीभीएनमा कार्यक्रम सञ्चालन गर्थिन् । अधिकारीले मारिनोभाको टाउकोमा गहिरो चोट लागेको र निस्सासिएर मृत्यु भएको बताएका छन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?