१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीकः मुद्राकोष प्रमुख

रासस/एएफपी

नुसा डुआ, इन्डोनेसिया — अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएकी छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाईन् ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीकः मुद्राकोष प्रमुख

मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा सुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिईन् ।


इन्डोनेसियाको बालीमा आयोजित पत्रकार भेटघाटमा लागार्डले वित्तीय बजारमा देखिएका समस्या सुल्झाउन केन्द्रीय बैंकहरुले स्वतन्त्र किसिमबाट निर्णय गर्न पाउनुपर्छ भनिन् ।

बुधबार अमेरिकी वाल स्ट्रिटमा समस्या आएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर बढाएर गल्ती गरेको बताएकी थिइन् । उनले भनिन्,'मेरो विचारमा फेडको निर्णय मूर्खतापूर्ण हो ।'

ट्रम्पले वाल स्ट्रिटमा भएको बढोत्तरीलाई आफ्ना नीतिहरुको सफलताका रुपमा प्रचार गर्नुका साथै ब्याजदरमा निरन्तर भइरहेको वृद्धिका सम्बन्धमा केन्द्रीय बैंकको आलोचना गर्छन् ।

आर्थिक परिदृश्यमा कालो बादल लागिरहेको परिस्थितिमा छलफल गर्न इन्डोनेसियाको बालीमा विश्वका वित्तीय प्रमुखहरु छलफलमा जुटेका छन् । बुधबार मात्र मुद्राकोषले सार्वजनिक गरेको विश्वको आर्थिक परिदृश्य प्रतिवेदनमा व्यापार तनाव अझ बढेमा वा उदीयमान अर्थतन्त्रमा गिरावट आएमा जोखिमहरु देखिने बताएको थियो ।


विश्वमा अहिले खासगरी अमेरिकी राष्ट्रपति ट्रम्पको चीनसँगको करवृद्धि युद्ध तथा विश्वभर स्थापित व्यापारिक व्यवस्थालाई ट्रम्पको अस्वीकृतिले समस्या निम्त्याएको छ ।


मुद्राकोष प्रमुख लागार्डले विश्वको व्यापार प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको बताईन् । उनले वर्षौंको प्रयत्नबाट निर्माण भएको यो प्रणालीलाई भत्काउन नहुने चर्चा गरिन् । हाल विश्वभर राष्ट्रवादी र संरक्षणवादी धारणा प्रखर रुपमा उठ्न थालेको अवस्थामा लागार्डको यो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित : आश्विन २५, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?