कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्यास टयाग मी टू : विदेश राज्यमन्त्रीद्वारा आरोपीविरुद्ध मुद्दा

एजेन्सी

नयाँदिल्ली — भारतका विदेश राज्यमन्त्री एम जे अकबरले आफूमाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिला पत्रकारमाथि मानहानिको मुद्दा दायर गरेका छन्  । विश्वव्यापी रूपमा चलाइएको ‘ह्यास टयाग मी टू’ अभियान भारत प्रवेश गरेसँगै प्रिया रमानीले अकबरमाथि ‘अभद्र व्यवहार’ को आरोप लगाएकी थिइन्  ।

ह्यास टयाग मी टू : विदेश राज्यमन्त्रीद्वारा आरोपीविरुद्ध मुद्दा

अकबरले रमानीका साथै उनको पक्ष लिँदै आफूविरुद्ध बोल्ने अन्य महिलालाई पनि मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।


अकबारले आफूमाथि आधारहीन आरोप लगाइएको दाबी गर्दै पदबाट राजीनामा नदिनेसमेत प्रष्ट पारेका छन् । उनी भारतमा हालसम्म मी टू अभियानका क्रममा अरोपी उच्च पदस्थ व्यक्ति हुन् ।
रमानीले सन् २०१७ मा भारतका यौन दुव्यवहामा संलग्न व्यक्तिबारे एक लेख लेखेकी थिइन् । उनले लेखमा नाम उल्लेख नगरे पनि गत साता ट्वीट गर्दै उक्त लेख अकबरसँग सम्बन्धित भएको जनाएकी थिइन् । त्यसलगत्तै अकबरविरुद्ध अन्य महिलाले समेत आवाज उठाउँदै उनको राजीनामा समेत माग गरेका छन् । अकबर पूर्वसम्पादकसमेत हुन् । उनले इन्डिया टुडे, सन्डे गार्जियन, हेडलाइन्स टुडे, टेलिग्राफ, दी एसियन एज, डेक्कन क्रोनिकललगायतका सञ्चारमाध्यमसँग आद्ध थिए ।


उनी मध्यप्रदेशबाट राज्यसभामा प्रतिनिधित्व गर्ने सांसाद हुन् । उनी सन् १९८९ देखि १९९१ सम्म सांसद भएका थिए ।


सन् २०१४ मा उनी भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै आमनिर्वाचनमा राष्ट्रिय प्रवक्ताको जिम्मेवारी बहन गरेका थिए । सन् २०१५ मा झारखण्डबाट राज्य सभामा निर्वाचित उनी २०१६ को जुलाई ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सकारमा विदेश राज्यमन्त्री बनेका हुन् ।


‘मी टू’ अभियानले तीव्रता पाएसँगै पीडितले भारतका राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार र निर्देशकबाट भएका यौन हिंसाका घटनाबारे बताउन थालेका छन् । पछिल्लो समय चर्चित लेखक किरण नगारकर, चेतन भगत, गायक कैलाश खेर, निर्देशक विकास बहललगायतमाथि पीडितले त्यस्तो आरोप लगाइसकेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?