कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइक्रोसफ्टका सह-संस्थापक पाउल एलनको निधन

बीबीसी

अमेरिका — माइक्रोसफ्टका संस्थापक पाउल एलनको ६५ वर्षको उमेरमा रक्तक्यान्सरका कारण निधन भएको छ । पहिलोपटक सन् २००९ मा उनलाई नन् हज्किन्स लिम्फोमा भएको थियो । तत्पश्चात त्यसको उपचार गरेपनि फेरी फर्किएको उनले २ साता अघि जानकारी दिएका थिए ।

माइक्रोसफ्टका सह-संस्थापक पाउल एलनको निधन

उनले आफ्नो रोगका बारे जानकारी दिने क्रममा रोग नियन्त्रण हुनेमा आफू र आफ्ना चिकित्सक सकारात्मक रहेको बताएका थिए ।


उनको निधन प्रति माइक्रोसफ्टका अर्का संस्थापक बिल गेट्सले दु:ख व्यक्त गरेका छन् । 'एकदमै नजिकको साथि गुमाउनु परेकोमा म निकै दुखित छु । उनी बिना व्यक्तिगत कम्प्यु‍टिङ सम्भव थिएन,' गेट्सले भने । उनको स्थानीय समय अनुसार सोमबार दिउँसो निधन भएको हो ।


बिल गेट्स र पाउल एलन मिलेर खोलेको कम्पनी माइक्रोसफ्ट विश्वकै धनी कम्पनी मध्येमा पर्छ ।

प्रकाशित : आश्विन ३०, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?