तीन वर्षको अवधिमा भारतमा रेलले किचेर ५० हजार जनाको मृत्यु

रासस/एपी

नयाँ दिल्ली — भारतमा सन् २०१५ देखि २०१८ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ ।

रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकको मृत्यु भएको बताइएको हो। भारतीय रेलसेवाले मंगलबार सो तथ्यांक सार्वजनिक गरेको हो।
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो।

रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको थियो। यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको छ। भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि मृत्यु भने नघटेको बताइएको छ।

भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्।

प्रकाशित : कार्तिक ६, २०७५ १५:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नोर्धाउस, रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

रासस/एपी

स्टकहोम — अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानकर्तालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । 

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरे बापत् उक्त पुरस्कार दिइएको हो ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ १९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT