कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेस्टरका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु

रासस/एएफपी

लेस्टर,बेलायत — बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ ।

लेस्टरका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु

थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रंगशाला बाहिर कार पार्कमा शनिबार दुर्घटनाग्रस्त भएको थियो ।


क्लबका अनुसार उक्त दुर्घटनामा अध्यक्ष विचाई सहित पाँचजनाको मृत्यु भएको छ ।


लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको फुटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्थे ।


लेस्टर क्लबको किङ पावर रंगशालाको कारपार्कमा ठूलो आवाजका साथ भुईँमा बज्रिएको हेलिकप्टर जलेको थियो । शनिबार १–१ गोलमा सकिएको लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल हेरेर फर्कनेक्रममा उक्त दुर्घटना भएको हो । प्रत्यक्षदर्शी फोटो पत्रकार रायन ब्राउनले उड्न लागेको हेलिकप्टर एकाएक ठूलो आवाजका साथ भुईँमा खसेको र आगो लागेको बताए ।


क्लबले जारी गरेको विज्ञप्तिमा विश्वले एकजना असल मानिस गुमाएको जनाएको छ। वक्तव्यमा भनिएको छ,'उहाँको नेतृत्वमा लेस्टर सिटी एउटा परिवार जस्तो थियो । उहाँले क्लबलाई पारिवारिक वातावरण दिनु भएको थियो ।'


विचाईको निधनप्रति क्लबले दुःख प्रकट गर्नुका साथै फुटबल समर्थक, खेलाडी, व्यवस्थापकहरुले विचाईलाई श्रद्धाञ्जलि दिइरहेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?