कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिम्बाबे सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

रासस/एएफपी

हरारे — जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । 

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको जानकारी दिए ।


उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?