कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सी विचारधारा अब पाठ्यक्रममा

चेतनाथ आचार्य

बेइजिङ — गतवर्ष सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले पारित गरेको सी चिनफिङ विचारधारालाई चिनियाँ विश्वविद्यालयको पाठ्यक्रममा पनि राखिएको छ ।

सी विचारधारा अब पाठ्यक्रममा

चिनियाँ कम्युनिष्ट पार्टीका क्याडर, चिनियाँ सरकारी अधिकारी र सर्वसाधारणलाई सी विधारधाराका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले पाठ्यक्रममा राखिएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रचारप्रसार विभागले जनाएको छ ।


खास गरी विश्वविद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीलाई नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधारा सिक्न घच्घच्याउनका लागि पाठ्य्रक्रम प्रकाशन गरिएको स्पष्टीकरण विभागले दिएको छ ।


सी चिनफिङ चीनमा माओ चतुङपछि सबैभन्दा शक्तिशाली नेताका रुपमा उदाएका छन् । उनले गत मार्चमा संविधान संशोधन गराएर राष्ट्रपतिको दुई वर्षे कार्यकालको सिमा पनि हटाएका छन् । उनले ल्याएको विचारलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधान र चीनको संविधानमा पनि लिपिवद्ध गरिएको छ ।


चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गतको प्रचारप्रसार विभाग र चीनको शिक्षा मन्त्रालयले संयुक्त रुपमा ‘नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङ विचारधारा’ शीर्षकमा ३० भागको पाठ्य सामाग्री प्रकाशन गरेका हुन् । प्रकाशित सामग्रीलाई चिनियाँ भाषामा चीनको पिपुल्स वेभसाइट, सिन्ह्वा वेभसाइट, छ्यौश वेभसाइट, चिनियाँ सभ्यता वेभसाइट र चीनको शिक्षा मन्त्रालयको वेभसाइटबाट सार्वजनिक गरिएको छ । ती वेभसाइटमा राखिएका पाठ्य सामग्रीलाई नि:शुल्क रुपमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।


तीस भागमा वर्गीकरण गरिएको पाठ्य सामग्रीमा नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिन फिङको विचारधाराको आधारभूत भावना, आधारभूत विषय, आवश्यकता अनुसारका आधारभूत लेख, फोटा, भिडियो, अडियोको लगायतका विषय समेटिएको छ ।


चिनियाँ विद्यार्थीहरुले अब राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता सामाजिक विज्ञानभित्र सी विचारधारा अध्ययन गर्नेछन् ।


यसभन्दा अगाडि नै सी चिनफिङ र चीनको शासन व्यवस्था विषयका दुई भाग पुस्तक संसारका मुख्य भाषामा अनुदित भइसकेका छन् । ती दुई पुस्तकमा सत्तामा आएपछि सी चिन फिङले दिएका सम्बोधन, लेख, अन्तर्वार्ता, मन्तव्यलगायतका विषय समावेश गरिएको छ । सत्तामा आएपछि सी चिनफिङले अगाडि सारेको महत्वाकांक्षी कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई चीनका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा यस अगाडि नै समावेश गरिएको छ ।


प्रकाशित : मंसिर ७, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?