कारबाहीमा १२ लडाकु मारिए 

सिन्हवा

घाज्नी, अफगानिस्तान — अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षा बलले तालिवान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । खोगीआनी जिल्लाका कैयौं गाउँमा लुकेर बसेका तालिवान लक्षित कारबाहीमा ती लडाकु मारिएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार जनाएका हुन् । 

कारबाहीमा १२ लडाकु मारिए 

कारबाहीका क्रममा अन्य चार लडाकु घाइते भएका छन् । पक्राउ परेका १८ तालिवान लडाकुलाई अनुसन्धानका लागि काबुल लगिएको सरकारी अधिकारीले जनाएका छन् ।


प्रकाशित : मंसिर १९, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?