कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेङ्गलाई रिहा गर्न चीनको चेतावनी 

बीबीसी

बेइजिङ — चीनले मोबाइल कम्पनी हुवावेकी उपाध्यक्ष मेङ्ग वान्जूलाई तत्काल रिहा गर्न क्यानडालाई चेतावनी दिएको छ । 

मेङ्गलाई रिहा गर्न चीनको चेतावनी 

चिनियाँ उपविदेशमन्त्री ली युचेङले मेङ्गको गिरफ्तारी ‘चरम घृणित कार्य’ भएको जनाउँदै तत्काल नछाडे गम्भीर परिणामा बेहोर्नुपर्ने चेतावनी दिए । मेङ्ग पक्राउबारे बेइजिङस्थित क्यानडेली राजदूत जोन म्याककालमलाई सोधपुछ गर्दै लीले उक्त चेतावनी दिएको जनाइएको छ ।


हुवावे कम्पनीकी आर्थिक मामिलासम्बन्धी प्रमुख तथा संस्थापककी छोरी मेङ्गलाई एक साताअघि क्यानडाबाट पक्राउ गरिएको थियो । उनलाई अमेरिका सुपुर्दगी गर्ने जनाइएको छ । मेङ्गमाथि अमेरिकामा ठगी मुद्दा लगाइने जनाइएको छ ।


मेङ्गले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप छ । मेङगविरुद्ध लगाइएको मुद्दामा ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भएको थियो । यद्यपि, उनलाई धरौटीमा रिहा गर्ने/नगर्नेबारे सोमबार निर्णय हुनेछ ।


मेङ्गले सन् २००९ र २०१४ को बीचमा हुवावेको सहायक कम्पनी स्काइकममार्फत इरानविरुद्धको प्रतिबन्ध उल्लंघन गरेको अरोप छ । आरोप प्रमाणित भए उनलाई अमेरिकामा ३० वर्षको जेल सजाय हुने जनाइएको छ । क्यानडाका सरकारी वकिलले मेङ्ग विभिन्न वित्तिय संस्थामा ठगी गरेको आरोप समेत छ ।


उनका अनुसार मेङ्गले अदालतसमक्ष स्काईकम र हुवावेबीच कुनै सम्बन्ध नरहेको दाबी गरेकी थिइन् ।

हुवावे दूरसञ्चार क्षेत्रमा विश्वकै ठूलो कम्पनी हो । यसले एप्पललाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछिको ठूलो कम्पनी बनेको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?