कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजापाक्षेद्वारा राजिनामा

रासस, सिन्ह्वा

कोलम्बो — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् ।  

राजापाक्षेद्वारा राजिनामा

राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।


राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिंघेले वक्तव्य दिएर उनले राजीनामा दिएका बताए ।


वक्तव्यमा राजापाक्षेले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन् । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफूहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ ।


उनलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रकाशित : मंसिर २९, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?