विश्वमै पहिलो पटक एक अस्ट्रेलियाली महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को जुका जिउँदै भेटिएको वैज्ञानिकहरूले बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष अस्ट्रेलियाको क्यानबेरास्थित एक अस्पतालमा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब)बाट धागो जस्तो संरचना निकालिएको थियो।
इन्टर मायमीले बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सलाई अनुबन्ध गरेको घोषणा गरेसँगै लियोनल मेसी र बुस्केट्स फेरि एउटै टिममा सहकर्मी भएर खेल्ने भएका छन् ।
एउटा टिमका लागि यो निकै खराब सुरुआत रह्यो । मिलान डर्बीलाई लिएर सुरु भएको रोमाञ्चकता केही साता पुरानो भइसकेको थियो । तर जति बेला युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा इन्टर मिलानको सामना गर्दा ११ मिनेटभित्र एसी मिलान दुई गोलले पछाडि परिसकेको थियो । सन् २००५ यता च्याम्पियन्स लिगमा मिलान डर्बीको साइत जुरेको थियो । यति चाँडै दुई गोलले पछाडि पर्नेछ भनेर मिलानले सोचेकै थिएन ।
चेल्सीले एट्लेटिको म्याड्रिडका स्ट्राइकर जाओ फेलिक्सलाई यो सिजनको बाँकी खेलका लागि लोनमा अनुबन्ध गरेको छ । यसका लागि चेल्सीले १ करोड १० लाख युरो (९७ लाख पाउन्ड) तिर्ने सहमति भएको छ ।
ब्रिस्टल हार्ट इन्स्टिच्युटका प्राध्यापक मासिमो क्यापुटोले एक बालकमा भएको जन्मजात मुटुसम्बन्धी समस्यालाई ठीक गर्न स्टेम सेल 'स्काफोल्डिङ' (तहगत संरचना) प्रयोग गरेका छन्। यसले भविष्यमा मुटुसम्बन्धी समस्या लिएर जन्मने बालबालिकाको उपचारका लागि नयाँ आशा जगाउनुका साथै सहज जीवनयापनको बाटो पनि खोलिदिएको छ ।
अर्जेन्टिना र फ्रान्सबीच आइतबारको विश्वकप फाइनलअगाडि सबैले लियोनल मेसी र केलियन एमबाप्पेबारे मात्र कुरा गरिरहेका थिए । तर खेलपछि एक अर्को नाम थपिएको छ । त्यो हो, इमिलियानो मार्टिनेज । रोमाञ्चक, उतारचढावपूर्ण र भावनात्मक १ सय २० मिनेटको खेलपछि पनि स्थिति ३–३ कै बराबरीमा थियो । यस्तोमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि आवश्यक थियो टाइब्रकेर ।
फोर्ब्सको सूचीमा केलियन एमबाप्पे सर्वाधिक कमाइ गर्ने फुटबलरमा पहिलो नम्बरमा आएका छन् । पछिल्ला ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् ।