नवीन पौडेल

बिदाको दिन सफाइ र जनचेतना

बिदाको अवसर पारेर यहाँका केही युवा सार्वजनिक स्थल सरसफाइ र ट्राफिक जनचेतना जगाउन जुटेका छन्  । बजार विस्तार हुँदै जाँदा सडक किनारमा फोहोर बढेको र चाडपर्वका बेला चालकले सवारी साधन तीव्र गतिमा चलाउने गरेका कारण यहाँका युवा सचेतना जगाउन जुटेका हुन्  ।

सीके राउत समूहका केन्द्रीय सहसंयोजक पक्राउ 

स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का उपसंयोजक कैलाश महतोलाई पश्चिम नवलपरासीको परासीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

किशाेरीलाई आत्मरक्षा तालिमकाे लहर

‘मेरो सुरक्षा मैले नै गर्नुपर्छ । म सक्षम छु, हामी सक्षम छौं,’ मोटिभेटर रजनी थापाले यसो भन्दा अधिकांश सहभागीका आँखा रसाए । धनगढीको कभर्ड हल तालीले गुन्जियो । एकहप्ते आत्मरक्षा तालिमपछि किशोरीहरूमा बढाएको आत्मविश्वासले थापा पनि हर्षित छिन् ।

खसी भन्दै बाख्रीको मासु बिक्री

पश्चिम नवलपरासीको परासी हाटबजारको एक मासु पसलमा खसीका केही अंग सुपर ग्लु (गम) ले बाख्रीको मासुमा टाँसेर बिक्री भइरहेको पाइएको छ  । बजार अनुगमन टोलीले बुधबार त्यस्तो फेला पारेको हो  ।

नवीन पौडेलका लेखहरु :

चिकित्सक बस्न थालेपछि बिरामीको चाप

विशेषज्ञ चिकित्सकले स्थायी रूपमा काम गर्न थालेपछि यहाँस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यस अघि आवश्यक उपकरण हुँदाहुँदै चिकित्सक अभावले बिरामी रिफर गर्नुपर्ने बाध्यता थियो ।

छाडा चौपाया संरक्षण गर्न गौशाला

छाडा पशुचौपायको व्यवस्थापन चुनौती बनिरहेका बेला त्यस्ता गाइवस्तुको संरक्षणका लागि पश्चिम नवलपरासीको रामग्राममा गौशाला सञ्चालन गरिएको छ । यस्ता चौपायले गाडी दुर्घटना बढ्नुका साथै स्थानीयको बाली खाइदिने समस्या थियो ।

उखुको तीतो कथा : खेतीले ‘खर्च’ विहीन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३, का बन्धुप्रसाद बरईले १५ कट्ठामा उखु लगाएका छन् । यसैको गोडमेल र रेखदेखमा वर्ष बित्छ । ८ जनाको परिवार पालनपोषण गर्ने जिम्मा भएका बरईले उखु खेतीकै लागि ऋण पनि लिएका छन् । तर, जब उखु काट्ने बेला हुन्छ, नगदमा बिक्री हुँदैन ।

स्थानीय तह : इजलासबाटै सुनुवाइ

यहाँका स्थानीय तहले न्यायिक समितिमा आएका विवाद छलफलमार्फत समाधान गर्दै आएका छन् । पश्चिम नवलपरासीमा अहिलेसम्म दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण भइरहेको छ ।

ऋण काढेर घर चलाउनु परेको छ : उखु किसान

पश्चिम नवलपरासीका उखु किसानलाई चिनी उद्योगले ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि स्थानीय तहदेखि केन्द्रसम्म संघर्ष गरे पनि उनीहरूले बक्यौता रकम पाएका छैनन् ।