कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट १९ अर्बको आयात

चौतारा — चीनबाट तातोपानी नाका भएर गत आर्थिक वर्षमा १९ अर्बको व्यापारिक सामान आयात भएको छ ।

मूल्यका आधारमा अघिल्लो वर्षको तुलनामा २ अर्ब ६९ करोड बराबरको आयात वृद्धि भएको हो । गत आव ०६९/०७० मा १६ अर्ब ३६ करोडको पैठारी भएकोमा ०७०/०७१ मा १९ अर्ब ६ करोडको भएको छ ।
गत आवको राजस्व लक्ष्य ५ अर्ब ९ करोड ५६ लाख रहेकामा ५ अर्ब ९ करोड ८१ लाख संकलन भएको छ । राजस्व लक्ष्य पूरा गर्न तयारी पोसाकको आयातले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । भन्सार प्रमुख मिमांश अधिकारीका अनुसार तयारी पोसाक मात्र ५ अर्ब ६९ करोड ३६ लाख बराबरको पैठारी भएको छ । गत आवमा टेलिफोन उपकरणबाट १८ करोड ६५ लाख राजस्व संकलन भएको छ ।
यस वर्ष ९९ करोड ९४ लाख बराबरको टेलिफोन सामग्री आयात भएको थियो ।
आघिल्लो वर्ष यो शीर्षकमा ७ करोड राजस्व संकलन भएको थियो । मेसिनरी पार्टसबाट ६ करोड राजस्व संकलन भएको छ । उक्त आवमा ४५ करोडको मेसिनरी सामान आयात भएको थियो ।
यहाँबाट आयात भएका मुख्य वस्तुमा तयारी पोसाक, सुती कपडा, जुत्ता, चप्पल, टेलिफोन उपकरण, रेसम धागो, धातुका फर्निचर, हातेझोला, टेरिकटन, सल दोसल्ला, सीडी चक्का, डम्फर, तन्ना, क्याप (टोपी), मेसिन पार्टस, मोटर ब्याट्री, स्याउलगायत सामान आयात भएको छ । यी सामानको आयात परिमाण बढेको छ ।
मिनी बस, अदुवा, सुठो, रंगीन टेलिभिजन, ब्लाङ्केट, माइक्रो बस, ताररहित टेलिफोन, भीसीडी, डीभीडी, प्लेयर्स, स्यानेटरी टायल, चकलेट, उनी कपडा, प्लास्टिकका सामान, लसुन, सिन्थेटिक कार्पेट, बि्रफकेस, किताब राख्ने झोलालगायतका सामानको आयात घटेको छ ।



 

प्रकाशित : श्रावण ५, २०७१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?