कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक दबाबले अधिकार उल्लंघन

अमन कोइराला

सर्लाही — मानवअधिकार उलंघनका घटना वृद्धि हुनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण भएको दलका अगुवाले स्वीकारेका छन् ।

भोटको राजनीतिले गल्ती गर्नेलाई उन्मुक्ति दिन सिफारिस गर्ने परिपाटी गलत भएको उनीहरूले बताए । सन् २०१४ मा भएका उल्लंघनका घटना समीक्षा गर्न इन्सेकले बुधबार राखेको कार्यक्रममा राजनीतिक दलका जिल्ला प्रमुखले गल्ती स्वीकारेका हुन् । एमाओवादी जिल्ला अध्यक्ष कमल बुढाथोकीले आफ्नो पार्टीका समर्थकले गल्ती गर्दा कारबाही नगरी मिलाउन दबाब दिने परिपाटीले पीडितलाई न्याय पाउन समस्या हुने गरेको बताए ।
'अर्काे पार्टीले सानो गल्ती गर्दा पनि ठूलो मुद्दा बनाउने,' उनले भने, 'आफ्नाले ठूलो गल्ती गर्दा पनि मिलाउन दबाब दिने चलन छ । यसले गर्दा पीडितलाई न्याय पाउन कठिन हुन्छ । गल्ती गर्नेको मनोबल पनि बढ्छ ।' सबै दलले त्यस्ता गतिविधिलाई निरुत्साहित पार्नुपर्ने उनले बताए ।
एमालेका जिल्ला अध्यक्ष रेवती पन्तले पनि भोटका लागि अभियुक्तलाई जोगाउन खोज्ने प्रवृत्ति मानवअधिकार उल्लंघनको कारण बनेको उल्लेख गरे । 'हामीले नै भनसुन गरेको हुन सक्छौं,' उनले भने, 'राजनीतिक दलले संरक्षण नगरे मानवअधिकार उल्लंघन निकै घट्छ । यसलाई घटाउन दलले पनि गलत गर्नेको सिफारिस बन्द गर्नुपर्छ ।'
कांग्रेस महासमिति सदस्य इस्किलाल पासवानले मुद्दाको अनुसन्धानमा प्रभाव पार्नेगरी हस्तक्षेप हुने गरेको बताए ।

प्रकाशित : पुस १७, २०७१ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?