कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली प्रहार गरी शिक्षकको हत्या

संखुवासभा — अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागेर धर्मदेवी माविका ४३ वर्षीय शिक्षक लोकमणि पौडेलको मृत्यु भएको छ ।

घरबाट मत्स्यपोखरी ९ देवीटारस्थित विद्यालय जाने क्रममा बुधबार बिहान पौने १० बजे विद्यालय नजिकको जंगलमा उनीमाथि गोली हानिएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाका अनुसार उनलाई भरुवा बन्दुकबाट गोली प्रहार गरिएको अनुमान छ । 'कसले, किन गोली हानेको हो भन्ने अनुसन्धान भइरहेको छ,' डीएसपी थापाले भने, 'सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा परिचालन गरेका छौं ।'
घटनास्थल सदरमुकामबाट करिब ४ घन्टाको पैदल दूरीमा पर्छ । गोली लागेका बेला पौडेल र प्रधानाध्यापक नैनसिंह राई सँगै रहेको प्रहरीले जनाएको छ । 'सानो बाटो भएकाले हामी अघिपछि थियौं,' प्रअ राईले भने, 'एक्कासि गोलीको आवाज आयो, हिँड्दाहिँड्दै उहाँ ढल्नुभयो ।' त्यसलगत्तै प्रहरीमा खबर गरेको उनले बताए । मृतक पौडेलको शव पोस्टमार्टमका लागि सदरमुकाम खाँदबारी ल्याइएको छ ।

प्रकाशित : पुस १७, २०७१ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?