तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य

दैनिक करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै
राजु चौधरी, तस्बिर : इलिट जोशी

काठमाडौँ — अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।

म‌ंगलबार बिहानै अनुगमनमा गएको आपूर्ति विभागको टोलीका प्रमुख दीपक पोखरेलका अनुसार अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ।

Yamaha

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ।

पक्राउ गरिएका व्यावसायीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

विवाद बारे बुझ्न सोमबार दिउँसो नै आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका थिए।

त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए । घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो ।

मन्त्रालयका सहसचिव प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने बिचौलियालाई नियन्त्रण गरी तरकारीका उत्पादक र उपभोक्ताबीचको दूरी न्यून गर्न नियमित अनुगमन गर्छौं ।’

यसैगरी बल्खु कृषि तथा तरकारी बजार भने अरु दिनको जस्तो सामान्य छ । तरकारी व्यापारीहरुका अनुसार बिहान यहाँबाट थोक तथा खुद्रा दुवैको किनमेल भएको थियो ।






प्रकाशित : भाद्र ५, २०७५ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

समाजवादको गुणगान मात्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकराज बरालजस्ता विश्लेषकले समाजवादको यथार्थ केलाउनुभन्दा पञ्चायती ढर्रामा गुणगान मात्र गाउनु त्यति सुहाएन । संविधानत: घोषित समाजवादी देशमा पुँजीवाद अंँगालेर टिक्न सफल भएका केही बाहेक भारतमात्र जस्तो लाग्छ ।

समाजवादले क्षमतावानलाई निष्क्रिय तुल्याएर सबैलाई समान बनाउने र पिछडिएकालाई नउकास्ने प्रमाणित भएपछि नै विश्वले त्याग्यो । मानववाद भन्दा ठूलो अन्य कुनै वाद छैन ।
– शुक्रराज आचार्य
नयाँबजार, कीर्तिपुर

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT