[कान्तिपुर बजेट राउण्ड टेबल] बजेटले युवाको इच्छा जगाउनुपर्छ : जुना माथेमा

कान्तिपुर राउण्ड टेबल
कान्तिपुर संवाददाता

काठमाडौँ — युवालाई बजेटमा आकर्षण नै भएन । मुख्य समस्या, सवारी साधनको मूल्य कति घट्यो, कति बढ्यो भन्नेमा मात्रै सीमित भयो । हाम्रो बजेट सकारात्मक 'आउटलुक' हुनेगरी युवा उद्यमशीलतालाई केन्दि्रत गर्नुपर्छ । बजेट हरेक वर्ष आउँछ । तर, फरक के छ ? बजेट युवाको इच्छा जगाउने खालको हुनुपर्छ ।

युवालाई कसरी आकषिर्त गर्ने कार्यक्रम बजेटमा आउनुपर्छ। बजेट भनेको दिशा र परिणाम दिने हुनुपर्छ। आगामी बजेटको मुख्य लक्ष्य के हो? त्यसका लागि रणनीति चाहिन्छ। बजेटको उद्देश्य तीव्र आर्थिक लक्ष्य हासिल गर्नु हो भने, त्यसमा कति बजेट छुट्याएको छ। लक्ष्य कसरी पूर्ति गर्ने भन्ने कुरा बजेटमा स्पष्ट रूपमा आउनुपर्छ।

आगामी बजेटको सम्बन्धमा म तीन बुँदामा केन्दि्रत छु। शिक्षा, उद्यमशीलता र अनुसन्धान। शिक्षामा कर लगाउनु हुँदैन, प्रोत्साहन गर्नुपर्छ भन्ने एउटा कुरा छँदै छ। अहिले धेरै जनशक्ति बहिर गइरहेको छ। जोसँग पैसा हुँदैन, बाहिर जान्छ। कमाउँछ, कुनै समय घर फर्केर आउँछ। पैसा भएका, धनी मानिसले आफ्नो बाबुनानीलाई तिमी पढ, विदेश जाऊ, त्यहीं बस भन्दै छन्। यस जमातलाई पनि विचार गर्नुपर्छ।

स्कुल र त्यसपछिका 'ए' लेबल, 'ओ' लेबल पढाउने संस्था हेराैं। ती तह पढाउने संस्था अत्यधिक धेरै छन्। छान्नलाई गाह्रो हुन्छ। अधिकांशले बच्चालाई विदेश पठाउने खोजिरहेका छन्। अब त्यो नियन्त्रण गर्न बजेटमार्फत कार्यक्रम आउनुपर्छ। त्यसो हुँदा शिक्षा नीति राम्रो हुन्छ।

अनुसन्धानका लागि केन्दि्रय तथ्यांक विभाग धेरै राम्रो संस्था हो। उद्यमीको नाताले बजारको सन्दर्भमा तथ्यांक नै फेला पारेकी छैन। बजारको हिस्सा थाहा पाउनुपर्‍यो भने उपलब्ध हुँदैन।

थप तथ्यांकका लागि केन्द्रीय विभागको क्षमता अभिवृद्धि गर्न सकिन्छ। बजारसम्बन्धी सूचना ल्याएर तथ्यांक संकलन गर्न सक्छ। कुन क्षेत्रमा कस्तो लगानी राम्रो छ। कुन क्षेत्रमा कस्तो कम्पनी छ। कति करोबार गरिरहेका छन्? कति रोजगारी भएका छन्।

मिडियाकै कुरा गर्दा मिडियाकै अडिट कहिले भयो? २०१२ पश्चात् भएको जस्तो लाग्दैन। यस्ता कुराहरू धेरै छन्। त्यसैले अनुसन्धानकोे हकमा शिक्षा, बजार र मडियाको क्षेत्रमा व्यापक रूपमा अनुसन्धान जरुरी छ। यी सबै काममा लागि केन्दि्रय तथ्यांक विभागसँग जनशक्तिको अभाव छ, भने प्राइभेट पब्लिक पार्टनरसिपबाट काम अघि बढाउन सकिन्छ।

उद्यमशीलताको कुरा गर्दा जसरी सवारी साधनलाई विलासिता भनेर बढी कर लगाउँछौं। धेरै लगानी गरेर विदेश पढ्न पठाउनु पनि विलासिता नै हो। छात्रवृत्तिमा जानु राम्रो हो। ज्ञान आर्जन गरेर स्वदेशमै र्फकन तिनलाई प्रोत्साहन गर्नुपर्छ। तर, आफैं खर्च गरेर विदेश पढ्न पठाउनेलाई विलासिताका वस्तु जस्तै नियन्त्रण गर्नुपर्छ। उद्यमशीलताको विकास गर्न बजेटले 'इको सिस्टम' को विकास गर्नुपर्छ। 'इकोसिस्टम'मा पुँजीको सहज उपलब्धता, कोषको पहुँच, सूचनामा पहुँचलगायत कुरा पर्छन्।

बजेटले यी विषयमा हेर्नुपर्छ। बजेट काठमाडौंमा मात्रै केन्दि्रत पनि हुनुहँुदैन। सबैतिर जानुपर्छ। मुलुकमा दर्ताबिनाको व्यापार पनि अत्यधिक छ। पढेको मान्छले पनि दर्ता नगरी व्यवसायी सञ्चालन गरेका छन्। यसलाई नियन्त्रण गर्नुपर्छ।

दर्ता गरेर व्यवसायी चलाउँदा घाटा भएमा कसरी ब्याक आउने भन्ने चित्ता हुन्छ। यसकारण दर्ता नभई व्यवसाय गर्ने जमात बढेका छन्। यसले राम्रोसँग दर्ता भएर व्यवसाय गर्नेलाई समस्या परेको छ।

तीन महिनाअघि इजरायल जाने मौका पाएकी थिएँ। त्यहाँ मूल्य अभिवृद्धि कर (भ्याट) कार्यालयलाई भाडा तिरेबापत उसको भ्याट रकम कर कार्यालयले नै काट्छ।

सानो तथा मझौला किसिमका व्यवसाय अर्थतन्त्रको चालक नै हो। तिनमा अनुदानको कुरा धेरै आउँछ। अनुदान दिँदा शतप्रतिशत गर्नु हुँदैन। लगानीको ४० देखि ५० प्रतिशत लगानीकर्ताले पनि गर्नुपर्छ। त्यो हुँदा अनुदान दुरुपयोगको सम्भावना कम हुन्छ। जनसंख्याको हिसाबमा महिला र पुरुषको संख्या ५१ र ४९ प्रतिशत छ।

साँच्चिकै नेपालको सन्दर्भमा प्रतिनिधित्वको हिसाबमा ६० देखि ६५ प्रतिशत होला। महिलाको प्रतिनिधित्व धेरै छ। त्यसको सदुपयोगको कुरामा उत्पादनमूलक भएको छ कि अनुत्पादक। सरकारले कसरी हेर्दैछ। उत्पादनमूलक बनाउन सरकारले बजार पहुँचसम्बन्धी अध्ययन अनुसन्धान गर्न जरुरी छ।

हामीसँग तथ्यांक अभाव छ। तथ्यांक नहुँदा हावामा कुरा हुन्छ। नम्बर रिसर्चबाट मात्रै हुन्छ। त्यसैले रिसर्च अत्यावश्यक छ। धेरै मानिस रहरले वैदेशिक रोजगारीमा जान चाहँदैनन्। बाध्यताले जानुपर्ने अवस्था छ। पासपोर्टका लागि काठमाडाैं आउनुपर्छ। १५ किलोमिटर नागढुंगाको बाटो/एयरपोर्ट हेरेरै मुलुकमा केही हुँदैन भन्ने धारणा (मेन्टालिटी) बन्छ। देशलाई माया नगर्ने होइन, तर सानोसानो कुराले लामो समयसम्म असर गर्छ। आगामी बजेटले यी कुरामा ध्यान दिनुपर्छ।

यी पनि पढ्नुहाेस् ...........................
एकीकृत कर प्रणाली हुनुपर्छ : भवानी राणा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
हेर्दै जानुस्, अब सांसदसित ५ करोडमा सम्झाैता हुन्छ : दीपेन्द्रबहादुर क्षेत्री पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चीनमा संस्कृति साट्दै नेपाली

फूलमान वल

बेइजिङ — बंगलादेशी कलाकारले माछा मार्ने ढडियासँगै डुंगा खियाउने शारीरिक चालढाल नृत्यमा मिसाउँदै गर्दा नेपाली कलाकारले भने दुई हात एकपटक भुँइतिर त अर्कोपटक निधारतिर ल्याउँदै ढोगेको अभिनय गरे ।

चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा सहभागी नेपाली टोली । तस्बिर : फूलमान/कान्तिपुर

चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा यसरी मारुनी नृत्यको स्टेप मिसाउने आइडिया रचेका हुन् नृत्य निर्देशक प्रशान्त तामाङले ।

'लोक जीवनबाट हराउँदै गएर झन्डै झन्डै स्टेज कार्यक्रमतिर मात्रै सीमित हुने अवस्थामा रहेको मारुनीलाई एसियाली सभ्यतासँग एकाकार गराउन पाएको क्षण सधैं सम्झनामा रहनेछ,' धरानका प्रशान्तले भने । परेडमा प्रशान्तले थारू नृत्यका लागि समेत काम गरेका छन् ।

उनलाई मारुनी र थारूमा पूजा पन्त, सृष्टिका बिसंखे, नेहा चौधरी, दीपिका पाठक, निशा श्रेष्ठ, अनिशा न्यौपाने र मिलन मगरले सघाएका छन् । सुसन लामाले भारतको नयाँदिल्लीबाट कत्थक नृत्य सिके । नेपाल फर्केपछि केही समय उनी यही नृत्यको प्रवर्द्धनमा पनि लागि परे । तर, जसै उनी आफ्नै समुदायको संस्कृतिभित्र पसेर खोज अनुसन्धान गर्न थाले, उनको परिचय बन्यो तामाङ सेलोमा ।

मौलिक सेलो गायन र संगीतमा मात्रै उनी चिनिएका छैनन्, नृत्य निर्देशक र रंगकर्मीको रूपमा पनि उनले आफ्नो परिचय सुरक्षित पारेका छन् । एसियाली सिभिलाइजेसन परेडका लागि सेलो नृत्यको स्टेप उनकै अवधारणामा मिसाइएको हो । तामाङ मौलिक परिधानसँगै डम्फु बोकेर ओलम्पिक पार्क उत्रिएका उनलाई शान्ति वाइबा, सम्झना लामा र सागर तामाङले पनि नृत्यमा सघाएका छन् ।

'स्टेजको परिष्कृतभन्दा पनि गाउकै मौलिक स्टेप टिपेका छौं,' सेलो थिएटरका तर्फबाट टोली प्रमुख सुसनले भने । सुसनका अनुसार तामाङ सेलोबाट अचेल डम्फु हराउँदै गएको छ र धेरैजसो व्यावसायिक स्टुडियोहरूले किबोर्डको डिजिटल साउन्डबाट काम चलाउन थालेका छन् । साँच्चिकै डम्फु प्रयोग गर्दा महँगो पर्ने भएकोले यस्तो भएको हो ।

परेडमा एसियाका विभिन्न १७ मुलुकका कलाकारले आआफ्ना वाद्ययन्त्रसहितको प्रस्तुति दिँदै गर्दा मौलिक बाजागाजाको महत्त्व प्रकाशमा आएको छ । भक्तपुरको मौलिक नेवार परिधानमा सजिएका बालमुकुन्द प्रजापती वर्ष दिनअघि सत्यमोहन जोशीको नाटक 'अरनिको' गर्दा लिड रोलमा थिए । झन्डै आठ सय वर्षअगाडि थुप्रै नेपाली कालिगढ लिएर तिब्बत हुँदै बेइजिङ आइपुगेका अरनिकोको भूमिका गरेका उनी यसपटक आफैं यहाँ आइपुगे ।

नाटकमा भादगाउँले टोपी लाएका बालमुकुन्द एसियाली सिभिलाइजेसन परेडमा पनि क्रस खुकुरीसहितको त्यही टोपी लाएर नाचिरहेका छन् । उनलाई इना साागाछें, शनिबारे, पूजा गिरी, श्रेया प्रधान, अनुशा सिञ्जालीले सघाएका छन् । परेडमा सनी र अनुशाले सन्थाल नृत्यका लागि पनि काम गरेका छन् ।

दुई दशकभन्दा बढी समय भयो, पोखरामा हिमाली सांस्कृतिक परिवार संस्थागत भएको । गुरुङ समुदायलाई केन्द्रमा राखेको भए पनि विभिन्न समुदायको लोकनृत्यमा समान ढंगले काम गर्दै आएको यो समूहको नेपाली लोकनृत्य संरक्षणसम्बन्धी आफ्नै नीति बनाएका छन्, सित्तैमा सिक्ने, अनि सित्तैमा सिकाउने ।

'सिक्न आउनेसग पैसा लिनुभन्दा सिकिसकेपछि उसैले अर्को ब्याचलाई सिकाउनुपर्ने भएपछि त सजिलो भयो नि,' यो समूहका तर्फबाट कौरानृत्य लिएर आएका युवराज गुरुङले भने, 'नयाँ पुस्तामा पनि सजिलै संस्कृति हस्तान्तरण हुने भयो । पैसाकै कारण रोकिने भएन ।'

पश्चिम र मध्य पश्चिम भेकको गुरुङ र मगर समुदायमा प्रचलित कौरा नृत्यका लागि खैंजडीसहित उनको टोली परेडमा सहभागी छ । टोलीमा सीमा गुरुङ, यमकला गुरुङ, तारा थापामगर, संगीता आले, विराज मगर, मीनप्रसाद गुरुङ र सञ्जय गुरुङ छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT