कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

नीति तथा कार्यक्रममा 'ग्रीन इकोनोमी'लाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा 'ग्रीन अर्थतन्त्र'लाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नीति तथा कार्यक्रममा 'ग्रीन इकोनोमी'लाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौंमा बुधबार आयोजित 'हाइट्रोजन डाइलग' कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको बताए । उनले अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रुपमा अघि बढ्नुको विकल्प नभएको बताए ।

‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढंगले अधिकतम प्रयोग र सदुपयोग गर्न सक्दैन त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ,' मन्त्री बस्नेतले भने, 'नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ, स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रीन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ । अब सरकारले ग्रीन अर्थतन्त्र, ग्रीन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ । सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’

मन्त्री बस्नेतले आफूसँग भएका स्रोतको सही ढंगले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने धारणा राखे । ग्रीन अर्थतन्त्रमा जानको लागि नीतिगत रुपमा नै कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : वैशाख ५, २०८१ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?