कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

पाल्पाली नचाइन् कोमलले

काठमाडौ — प्रायः हरेक तीज गीत कार्यक्रममा कोमल वलीलाई यो गीत गाउन अफर आउँछ।

पाल्पाली नचाइन् कोमलले
मनमा आँट भा'को गोजीमा गाँठ भा'को
यत्तिको मर्द भेटिएन कोई..'
शनिबार दिउँसो राजधानीमा शनिबार पाल्पालीमाझ उनले यसै गीतबाट पुरुषहरू पनि समेत कम्मर मर्काउने बनाइन्। नीलो र रातो रंगको सारीमा सजिएकी अविवाहित वलीले पटकपटक प्रश्न नै फ्याँके- 'पाल्पाली मर्द कोही छ?' पाल्पा विकास मञ्चले गरेको तीज कार्यक्रममा नाचेर रमाइलो गर्नेमा चाहिँ एमाले सचिव प्रदिप ज्ञवाली, सरकारका सहसचिव दामोदर रेग्मी, मीना गुरुङ लगायत थिए। रमाइलो माहोल खडा गर्ने अर्की गायिका थिइन्- सुनीता दुलाल।
शनिबार मात्रै ४ वटा कार्यक्रम भ्याएकी सुनीताले चाहिँ तीज पर्वमा कलाकारले आर्थिक पक्ष सबल बनाउनुको साथै धेरै समुदायसँग घुलमिल हुने अवसर पाउने पनि बताइन्। उनी आइतबारै कन्सर्टका लागि क्यानडा जाँदै छिन्। हास्य कलाकार निरु खड्काले चाहिँ गीतमा पछिल्लो समय आएको विकृतिमाथि व्यंग्य गरिन्। उनले पर्वमा रमाइलो गर्ने तर, संस्कृतिको मौलिकता पनि भुल्नु हुँदैन भन्ने गम्भीर मान्यतालाई सरल ढंगले कलामा देखाएकी थिइन्। पुस्कल शर्मा, उमा श्रेेष्ठ, मञ्जु गौतम, दुर्गाराज पाण्डे लगायतले पनि आफ्नो कला पस्के। राजधानीमा व्यस्त पाल्पाली दिदीबहिनीबीच तीन वर्षदेखि तीज कार्यक्रम गर्दै आएको मञ्चकी उपाध्यक्ष गीता भुसाल न्यौपानेले बताइन्। मञ्च अध्यक्ष प्रेम शाही समुद्रीले चाहिँ तीज कार्यक्रममा विशेष गरी सभ्य र परम्परागत शैली अपनाउने प्रयास गरेको बताए।
 

प्रकाशित : भाद्र १, २०७१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?