कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैन मूर्तिलाई सारी

काठमाडौ — रोप र अमेरिकाका सेलिब्रेटीहरूको मैनको प्रतिरूप राखिँदै आएको थलो म्याडम टुसौडस्मा...

मैन मूर्तिलाई सारी
रोप र अमेरिकाका सेलिब्रेटीहरूको मैनको प्रतिरूप राखिँदै आएको थलो म्याडम टुसौडस्मा बलिउडकर्मीहरूलाई त्यही रूपमा उभ्याइन थालेको धेरै भएको छैन। त्यहाँ कसको मैन मूर्ति राखिने भन्ने निक्र्योल म्याडम टुसौडस्ले फ्यानहरूबीच गर्ने सर्वेक्षणका आधारमा हुने गरेको छ र अहिलेसम्म अमिताभ बच्चन, शाहरूख खान, सलमान खान, हृतिक रोशन, ऐश्वर्या राय, माधुरी दीक्षित र करिना कपुर भाग्यमानी भारतीयमा परेका छन्।
करिना सोमबार लन्डनको त्यही थलोमा थिइन्, आफ्नो प्रतिरूपको पहिरन बदल्ने सिलसिलामा।
त्यहाँ उनको मैन मूर्ति तीन वर्षअघि राखिएको हो। त्यति बेला त्यसलाई 'जब वी मेट' मा 'मौजा ही मौजा...' गीतमा नाच्दा उनले पहिरिएको कालो पहिरन लगाइदिइएको थियो। यसपालि त्यसलाई परम्परागत भारतीय रंग दिइएको छ। रातो सारी र ब्लाउजमा त्यो प्रतिमूर्ति वास्तविकझैं देखिएको छ। ती सारी र ब्लाउज तिनै हुन् जुन करिनाले 'छम्मक छल्लो...' गीतमा नाच्दा लगाएकी थिइन्।
३३ वर्षे अभिनेत्री लन्डनमा एक्लै छैनन्। उनका हबी सैफ अली खान ४४ औं बर्थ डे मनाउनका लागि त्यतै छन् ।

प्रकाशित : भाद्र ४, २०७१ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?