कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारीप्रधान लोग्नेमान्छे

काठमाडौ — नाम फिल्मको खास अनुहार हो, जसमार्फत फिल्मभित्रको कथावस्तु झल्किन्छ । नेपाली फिल्मका नामसँग कथाको कस्तो सम्बन्ध रहँदै आएको छ ? यो भिन्नै बहसको विषय हो ।

 नारीप्रधान लोग्नेमान्छे

तर, माघ २३ देखि देशभर प्रदर्शनमा आउन लागेको 'लाग्नेमान्छे' भने नारीप्रधान भएको निर्देशक लय संग्रौलाले बताएका छन् । राजधानीमा आइतबार फिल्मको गीति एल्बम सार्वजनिक कार्यक्रममा उनले भने, 'लोग्ने मान्छे नाम भए पनि यो फिल्मले नारी संवेदनालाई समातेको छ । विवाहले निम्त्याउने स्वाभाविक- अस्वाभाविक घटनाक्रमलाई यो फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।'
गीति एल्बमको लोकार्पण चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोखरेल, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रय, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले गरेका थिए । बन्धु फिल्म्सको ब्यानरमा प्रदीप मित्तलले फिल्म निर्माण गरेको फिल्ममा दिलीप रायमाझी, नन्दिता केसी, निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ ।
'यो फिल्म अहिलेको निर्माण प्रवृत्तिभन्दा अलग धारमा बनाइएको छ,' निर्देशक लयले दाबी गरे, 'फिल्ममार्फत हाम्रो सामाजिक धरातलभित्रको अमुक समस्यालाई प्रस्ट्याउन खोजेका छौं ।'
फिल्ममा संगीत चेतन सापकोटाले दिएका छन् । गीतहरू स्वरूपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तले गाएका छन् ।
उक्त फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन् । यसमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।

प्रकाशित : पुस १४, २०७१ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?