कति राम्रो अभियान !

युथ फर ब्लड
भीम घिमिरे

काठमाडौ — रक्तदानका लागि तयार भएपछि मात्रै थाहा भयो, मैले ताप्लेजुङको दोखु ८ का १७ वर्षीय सन्देश पालुङ्वाका लागि रगत दिन लागेको रहेछु । उनका लागि तत्काल दुई पिन्ट 'बी' पोजेटिभ ताजा रगत चाहिएको रहेछ ।सुरजले रक्तदान गर्दाको मेरो तस्बिर खिचिदिए ।

'ब्लड ग्रुप बी पोजिटिभ हो नि ?'
'हो'
'तुरुन्तै कञ्चनबारीको नोबेल अस्पताल आउनुपर्‍यो ।'
फोनमा सुरज सुवेदी थिए । मलाई थाहा थियो, उनी युथ फर ब्लडका सदस्य हुन् । अस्पताल पुगेपछि उनले अझ हतार गराए । रक्तदानका लागि तयार भएपछि मात्रै थाहा भयो, मैले ताप्लेजुङको दोखु ८ का १७ वर्षीय सन्देश पालुङ्वाका लागि रगत दिन लागेको रहेछु । उनका लागि तत्काल दुई पिन्ट 'बी' पोजेटिभ ताजा रगत चाहिएको रहेछ ।
सुरजले रक्तदान गर्दाको मेरो तस्बिर खिचिदिए । अर्को पिन्ट रगतका लागि उनले जिल्ला विसका कर्मचारी पीताम्बर वस्तीलाई बोलाएका थिए । उनलाई रक्तचाप उच्च भएको देखियो । रगत दिन मिलेन । बन्दना वस्तीले रक्तदान गरिन् । तर पछिमात्रै थाहा भयो, उनको रक्त समूह 'ए'
पोजेटिभ रहेछ । सुरजले फोनमा
अर्का रक्तदातालाई आइदिन
आग्रह गरे ।
त्यसपछि सन्देशलाई भेट्न पाइयो । उनलाई रक्तअल्पता भएको थियो । उनले भने, 'तीन महिनाअघि स्कुलबाट घर आएपछि बेहोस भएछु । त्यसपछि फुङलिङको अस्पताल गइयो । रोग थाहा भएको थिएन । चल्दै थियो । म रगत नभएजस्तो सेतो हुँदै आएँ । अनि यहाँ आइपुगें ।' सन्देशकी आमा सुषमा लिम्बूका अनुसार ताजा रगत व्यवस्था हुन नसकेपछि घर जान आमा-छोरा फकर्ंदै थिए । बिहानै सोझै गाडी चढ्न भनेर इटहरीस्थित अतिथि होटलमा बास बसे । होटल सञ्चालक अर्जुन बस्नेतले फेसबुक पेजमार्फत 'युथ फर ब्लड' बारे थाहा पाएका रहेछन् । उनले फोन गरे । 'रक्तदाता हामी खोजिदिन्छौं, फर्काउनुस्' भन्ने जवाफ पाएपछि उनलाई ल्याइयो । सन्देशकी आमाले देउता भेटिएजस्तो गरिन् । मैले भने सुरज भाइ र उनको युथ फर ब्लडलाई धन्यवाद दिएर आफ्नो अफिसतिर लागें ।
यो समूहको फोन आएपछि विराटनगरमा रक्तदानका लागि रक्तसञ्चार केन्द्र र अस्पताल पुग्ने म एक्लो होइन । करिब तीन वर्ष पुग्न लागेको यो स्वयंसेवी समूह अहिले विस्तार भएर काठमाडौं, चितवन, दमक, इटहरी र लहानसम्म पुगेको छ । कसरी सुरु भयो ? समूहका संयोजक सरोज कार्की सुनाउँछन्, 'मेरो साथी जोगेन्द्रको मामालाई रगत चाहिएको थियो । उसका लागि रगतको व्यवस्था गरेलगत्तै यस्तो समूहको सोच आयो । अनि साथीहरूबीच सल्लाहले सुरु भयो ।'
८८८८८
झोराहाटका मफतलाल उरावलाई क्षयरोग थियो । उपचारका क्रममा चिकित्सकले 'प|mेस ब्लड' चाहिने बताए । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातकका विद्यार्थी भान्जा जोगेन्द्र उराव रक्त सञ्चार केन्द्रमा पुगे । केन्द्रले स्टोरमा रहेको दिन सकिने भए पनि प|mेसका लागि रक्तदाता आफंै खोजेर ल्याउनुपर्ने जवाफ दियो । जोगेन्द्र तनावमा परे । उनले आफ्नो कक्षाका सहपाठी सरोज कार्कीलाई यो कुरा सेयर गरे ।
पातला ज्यानका सरोजले यसअघि कसैका लागि रक्तदाता खोजिदिने काम गरेका थिएनन् । उनले समस्या सुनाएपछि अर्का साथी दशरथ साह र मुस्कान कटुवाल रक्तदानका लागि राजी भए । दशरथलाई लिएर साइकलमा सरोज रेडक्रसको रक्तदान केन्द्रमा पुगे । त्यहाँ रक्तदानपछि बाहिरिँदै गर्दा उनलाई अप्रत्याशित घटना आइलाग्यो । इलामको गोर्खे गाविस १ का बमप्रसाद लिम्बू ठोक्किए । उनले भने, 'भाइले अभर परेकाका लागि रक्तदाता खोजिदिनु हुँदोरहेछ । लौ मलाई पनि मद्दत
गर्नुस् ।'
बमप्रसादकी पत्नी मीना पाठेघरको अप्रेसनका लागि सप्तकोसी नर्सिङ होममा भर्ना थिइन् । चिकित्सकले रगत व्यवस्था भएमात्रै अप्रेसन थाल्ने बताएपछि खोज्न निस्केका बमप्रसाद निराश थिए । 'उहाँको अनुरोध सुनेपछि सकस भयो । अब म कसलाई खोजिदिऊँ ?,' सरोज भन्छन्, 'मैले अशोक गिरी भन्ने साथीलाई
फोन गरें । उहाँ पनि आएर रक्तदान गर्नुभयो ।'
त्यसपछि रक्तसञ्चार केन्द्रमा आएर आफ्ना पीडा सुनाउनेहरूको लर्को देख्दा समस्या चर्को रहेको भान परेको उनले सुनाए । 'मैले यस्तो सामाजिक कामका लागि युवा साथीहरूले जुटेर केही गर्नुपर्छ भनेर सेयर गरें,' उनले भने, 'पहिलो दिनको पुण्य कर्मलाई फेसबुकको स्टाटसमार्फत सेयर गर्दा धेरै लाइक र कमेन्ट आए ।'
८८८८८
काम पुण्यको भए पनि यो कुनै पैसा आउने काम थिएन । तन्नेरी उमेरमा खर्च चाहिन्छ । खर्च घरले भरथेग गरेर पुग्दैन । त्यसमाथि अर्काका लागि यस्तो ब्लड बैंक र अस्पताल धाउने काममा तन्नेरीको चासो कसरी तान्ने भन्ने जुक्ति खियाउनु सजिलो थिएन । सरोजको सल्लाहमा उनी जसरी नै ब्याचलर पढ्दै गरेका सुरज सुवेदी, नताशा शर्मा, दशरथ साह, सर्वज्ञराज पाण्डे र अशोक गिरीले एउटा समूह बनाए ।
आ-आफ्ना साथीमार्फत समूहका लागि काम थपिँदै आयो । रक्तदाताको नाम, उमेर, रक्त समूह र फोन नम्बर भेला पार्दै सूची तयार पार्दै लगेको समूहले नाम जुरायो, 'नेपाली युथ फर ब्लड ।' २०६८ जेठदेखि अभियान थालेका कलेजका तन्नेरीहरूको पहिलो समूहमा ६ जना थिए । पछि विस्तारै सदस्य थपिए । उनीहरूको रक्तदाताको सूचीमा नाम थपिँदै आयो ।
समूहमा जोडिएका धेरै तन्नेरीलाई टि्वटर, फेसबुक र समूहको वेबसाइटले जोड्यो । दुई वर्ष सक्रिय रहेपछि सुबुना बस्नेत र रवीन चापागाईं काठमाडौं गए । उनीहरूले त्यहीँबाट समूह बनाएर काम थाले । गत महिना पढ्न उतै लागेका सुरज सुवेदी पनि उतै सक्रिय भएका छन् । झापाको दमकका सिजन दाहालले अहिले विराटनगर छँदाको सक्रियता समूह बनाएर आफ्नै गृहनगरमा अभ्यास गरिरहेका छन् ।
समूह अहिले चितवन, धरान र लहानमा पनि सक्रिय छ । अहिले समूहको फेसबुक पेजमा २३ हजार सदस्य छन् । समूहमा पहिलेदेखि सक्रिय सदस्य नयाँ समूहमा अतिथि वक्ता भएर जान्छन् ।
कसरी काम गर्न सकिन्छ भन्ने आफ्ना अनुभव सेयर गर्छन् । समूहकी सदस्य नताशा भन्छिन्, 'हामीलाई अहिले दिनदिनै फोन आउँछ । हामीले रक्तदाता खोजेर बिरामीका लागि रगत जुटाइदिन सक्दा फरक खालको आनन्द लाग्छ ।' कहिलेकाहीँ कुनै रक्त समूहका लागि दाता सजिलै भेटिँदैन । त्यसबेला सामाजिक सञ्जाल फेसबुक र टि्वटरको सहारा लिइन्छ । साथीहरूलाई
एसएमएस गरिन्छ ।
८८८८८
मिलन चोकको सानो कोठामा साताका एक दिन फुर्सद पारेर भेला हुने जमातले आ-आफ्नो अनुभव साटासाट गर्छन् । वेबसाइट अपडेट गर्छन् । आफ्ना 'पकेट मनी' भेला पारेर समूहको खर्च चलाउँछन् ।
समूहको काम मानवीय सहयोग भए पनि त्यसले पढाइलाई असर नपार्ने बाटो खोजिएको छ । त्यसैले समूहले पालो मिलाएको छ । स्नातककी विद्यार्थी ज्वाला दाहाल भन्छिन्, 'हामी आलोपालो खटिन्छौं । कोही ब्लड बैंकमा बस्छौं । कोही अफिसमा ।' धेरै काम फोनबाट हुने भएकाले एसएमएस, फोन र इन्टरनेटका सामाजिक सञ्जालको अधिकतम उपयोग गरिन्छ ।
सामाजिक सञ्जालमा कतिले आफ्ना नामका अघि आफ्नो रक्त समूह लेखेका छन् । धेरैले आफूलाई युथ फर ब्लडको सदस्य भन्न पाउँदा गर्व गरेका छन् । विराटनगरमा फोटो स्टुडियो सञ्चालक गोविन्द सुवेदीको बुझाइमा समूहको योगदान धेरै छ । उनलाई कसैले अस्पतालमा रगत नपाएर बिचल्ली परेको थाहा भएपिच्छे भन्छन्, 'युथ फर ब्लडका भाइबैनीलाई फोन गर्नुस् ।'
समूहले विराटनगरको हेलो एफएममा हरेक शुक्रबार साँझ ८ बजेदेखि एक घन्टा 'युवा साथी' कार्यक्रम चलाउने गरेका तन्नेरीले कसरी समाजमा युवाको सकारात्मक योगदान हुन सक्छ भन्ने विषयमा बहस चलाउने गरेको छ । एफएमले कार्यक्रम चलाउन समूहसँग शुल्क लिँदैन । कार्यक्रम उत्पादनका लागि कसैको आर्थिक सहयोग छैन । तैपनि नताशा शर्मा, सरोज, कल्याण घिमिरे, विवेक दाहाल र सुरजलगायतका युवा तन्नेरीका चासोका विषय बहसमा ल्याउन लागिपरेका छन् । समूहका केही सदस्य बाहिरबाट उपमहानगरमा पढ्न आएकाहरू हुन् भने केही यतै घर भएकाहरू छन् ।
रक्तदाता खोजिदिँदा शुल्क लिन मिल्दैन । त्यसैले पनि यो काम भित्री आनन्दका लागि भएको विवेक सुनाउँछन् । विराटनगरको रक्तसञ्चार सेवा केन्द्रका अधिकृत विनोदुकमार मिर्धा भन्छन्, 'कलेज पढ्ने केटाकेटीले चलाएको यो अभियान कति राम्रो
भनेर म शब्दमा भन्न सक्दिनँ । उनीहरूले गरेको सामाजिक योगदान अतुलनीय छ ।'

प्रकाशित : माघ १७, २०७० १२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उत्तिकै चर्चित रहला ?

फेसबुकको १० बर्ष
विजय तिमल्सिना

काठमाडौ — ४ फ्रेब्रुअरीमा फेसवुकले आफ्नो दशौं जन्मोत्सव मनाउने छ । स्थापनाको एक दशक मनाउनै लाग्दा फेसबुक आफ्नो लोकपि्रयताको उत्कर्षमा छ । तर, कुरा दुखको कुरा के भने, फेसबुकको अब ओरालो लाग्ने दिन सुरु भएको छ ।

फेसबुकको बर्षगाँठ मनाउनु केही हप्ता अघि मात्रै पि्रन्सटन यूनिभर्सिटीको अनुसन्धाताले फेसबुकको ओरालो यात्राबारे आंकलन गरेका हुन् ।
वालापन छाडे किशोरावस्थामा प्रवेश गर्न लागेको फेसवुकप्रतिको उनीहरुको अनुसन्धानले देखाएको छ, 'एक देखि तीन बर्षभित्र यसले आफ्नो ८० प्रतिशत प्रयोगकर्ता गुमाउनेछ ।' मोबाइल च्याट एप्सको लोकपि्रयतासँग फेसबुकको 'क्रेज' घट्न थालेको टिप्पणी भइरहेको बेला फेसबुकको ओरालो यात्राबारे अनुमान सार्वजनिक भएको हो । यद्यपि फेसबुकले यसलाई गम्भीर रुपमा लिएको छैन ।
अध्ययनलाई सत्य मान्ने हो भने यो फेसबुक लोकपि्रयताको अन्तिम बर्ष हो । अध्ययनमा संलग्नहरु भन्छन्, 'फेसबुक संक्रमित रोगजस्तै फैलियो अब निको हुने क्रममा छ ।' सन् २००४ मा सुरु भएको फेसबुकको १ अर्ब २० करोड बढी प्रयोगकर्ता छन् । यस बीचमा उसले उकालोमात्र चढ्यो । ओरालो र्झन जानेन । तर, सधै चुचुरोमा रहन गाह्रो हुन्छ । अनलाईन च्याटिङलाई राम्रो सञ्चार मान्ने हो भने एक दशकमा फेसबुकले सञ्चार क्रान्तिमा सघाएको छ । सजिलो च्याटिङ, फोटो र स्टाटस अपडेटमा सरलता, आफन्त र साथीभाईसँग जोडिन सहजताका कारण यसको लोकपि्रयता दिनप्रतिदिन चम्केको हो ।
फेसबुक आफू मात्रै चम्किएन उसको लागि गेम एप्स बनाउने ज्यांगा पनि मिलियन डलर कम्पनीको रुपमा परिणत भएको छ । फेसबुकको तीब्र गतिले उसका प्रतिद्वन्द्वी माइस्पेस, हाईफाईभजस्ता सोसल नेटवर्क धिमा सावित भइदिए ।
फेसबुक च्याटिङसँगै लोभिएर निस्किएका मोबाइल च्याटिङ एप्सको आगमनसँगै धेरै तन्नेरी र किशोरकिशोरीले फेसबुकमा समय बिताउन छाडेका छन् । सोसल मिडिया र प्रविधिसम्बन्धी ब्लगर आकार अनिल भन्छन्,'नयाँ प्रयोगकर्ता फेसबुकप्रति बढी क्रेजी हुने गरेपनि केही समयपछि उनीहरु यसबाट अन्य सोसल साइट र च्याटिङ एप्स तर्फ आकषिर्त भएको देखिन्छ ।' भाईबर, ह्वाट्सएप, वीच्याटजस्ता मोबाइल च्याटिङ एप्सले फेसबुकबाट ध्यान मोडिदिएको उनको तर्क छ । स्मार्टफोन प्रयोगकर्ताबीच यस्ता एप्स लोकपि्रय छन् । नेपालमा अहिले करिब नौ लाखले स्मार्टफोन बोक्ने गरेको तथ्यांक छ ।
फेसबुकले आफ्नो पछिल्लो प्रतिवेदनमा यसलाई स्वीकारेको पनि छ ।  फेसबुकले सन् २०११ यता एक करोड १० लाखको हाराहारीमा किशोरउमेरका प्रयोगकर्ता गुमाएको विज्ञहरुले भनेका छन् । फेसबुकमा गोपनियता हुन छाडेको किशोरकिशोरीको आरोप छ । 'आमा बुवा, काकाकाकी, मामामाईजु सबै फेसबुकमा भएपछि हाम्रा सबै गतिविधि थाहा हुने भयो', उनीहरुको गुनासो छ,'यसमा हाम्रो गोपनियता भएन ।'

अध्येताहरु भन्छन्,'फेसबुकको हालत माइस्पेसको जस्तै हुनेछ ।' सन् २००३ मा स्थापना भएर सन् २००८ मा सबैभन्दा धेरै प्रयोगकर्ता भएको माइस्पेसलाई जितेर फेसबुक उदाएको थियो । वेव ट्राफिकको आधारमा कुनै बेला नम्बर एक रहेको माइस्पेसको र्‍याङ्किङ अहिले तीनसय भन्दा पछाडी छ ।
नेपालबाट फेसबुक चलाउने ३४ लाख प्रयोगकर्ता मध्ये ११ लाख २० हजार १३ देखि १९ बर्ष उमेर समूहका छन् । फेसबुकको तथ्यांक अनुसार नेपालबाट १० लाख ४० हजार २० देखि २४ बर्ष उमेर समूहका व्यक्तीले फेसबुक चलाउछन् । फेसबुकको तथ्यांक अनुसार नेपालमा २० लाख भन्दा बढीले मोबाइलबाट फेसबुक चलाउँछन् ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७६ लाख ६४ हजार ईन्टरनेट प्रयोगकर्ता छन् । यो तथ्यांकलाई आधार मान्दा नेपालका करिब २८ प्रतिशत जनसंख्या ईन्टरनेट प्रयोग गर्छन् । ईन्टरनेट चलाउनेमध्ये ४४ प्रतिशतले फेसबुक चलाउँछन् । भनिन्छ,'फेसबुक चलाउने संख्या नै नेपालको सक्रिय ईन्टरनेट प्रयोगकर्ता हो ।'
नयाँ पुस्ता आफूसँग टाढिदै गएको अनुभव फेसबुकले नगरेको होइन् । त्यसैले उसले अघिल्लो बर्ष नै फेसबुक म्यासेन्जर ल्यायो तर अन्य च्याटिङ एप्सले उसलाई धेरै पछाडि छाडिदिए । पछिल्लो समय उसले स्न्याप च्याटलाई तीन अर्ब अमेरिकी डलरमा किन्न खोजेको थियो । तर, स्न्यापच्याटका मालिकले प्रस्ताव अस्वीकार गरेपछि च्याटिङ एप्समा कब्जा जमाउने फेसबुकको सपना तत्कालका लागि तुहिएको छ ।
सेयर गरेको फोटो १० सेकेण्डसम्म मात्रै हेर्न मिल्ने त्यसपछि स्वत डिलिट हुने, १० सेकण्डसम्मको भिडियो सहज पठाउने मिल्ने भएकाले स्न्यापच्याटको चर्चा चुलिदो छ । जसलाई सबै मोबाइल च्याटिङ एप्सको सम्मिश्रति रुप मानिएको छ । हाल डेढ अर्ब रहेका मोबाइल एप्स प्रयोगकर्ता सन् २०१७ सम्ममा साढे चार अर्ब पुग्ने अनुमान गरिएको छ । जसका कारण मोबाईल च्याटिङ एप्सले स्वत चर्चा कमाउनेछन् ।
सोसल मिडिया एनालिस्ट भुपेन्द्र खनालको अनुमान छ,'अरु धेरै सोसल नेटवर्क उदाए पनि फेसबुक सबैभन्दा ठूलो नेटवर्कको रुपमा रहनेछ ।'
-एजेन्सीको सहयोगमा
 

प्रकाशित : माघ १७, २०७० १२:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT