कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढल्कँदो उमेरमा ढुंगाको भारी

बैतडी — ६० वर्ष कटेपछि अधिकांशले नातिनातिनाको स्याहार र घरमै आराम गर्छन् ।

ढल्कँदो उमेरमा ढुंगाको भारी
तर ढल्कँदो उमेरमा दशरथ चन्द नगरपालिकाकी एक वृद्धाले ढुंगाको भारी उठाउनुपर्छ । दिनभर ढुंगा नबोके घरमा चुलो बल्दैन । छोरा-बुहारीको बेवास्ता र खानलाउन केही नभएपछि दशरथ चन्द १ भुल्यौडाकी ७० वर्षीया धौली भुलको जीवनयापन कठिन बनेको हो । सम्पत्तिका नाममा टाउको लुकाउने सानो छाप्रोबाहेक केही छैन । पति बिरामी भएर थलिएका छन् ।
४ छोरा र ३ छोरीकी आमा धौलीका लागि छोराहरूको बेवास्ता ठूलो पीडा बनेको छ । बुढयौलीमा हुर्किएका छोरा सहारा बन्नुपर्नेमा उल्टै उनी तिरस्कारको सिकार भएकी छन् । कुनै छोराले आमाबाबुको हेरचाहमा ध्यान नदिएकाले सकिनसकी काम गर्न बाध्य भएको उनी बताउँछिन् । 'दिनभर ढुंगा भरिएको डोको नबोके घरमा चुलो बल्दैन,' उनले भनिन्, 'दिनदिनै काम गर्न सक्दिन, दिन बिराएर काम नगरे भोकै बस्नुपर्छ ।'
दैनिक मजदुरी गरेर आउने ३ सय ५० रुपैयाँमध्ये खाना र नुनतेलमा बढी खर्च हुन्छ । अघिल्लो महिना सुकुम्बासी सम्स्या समाधान समितिको कार्यालयमा निवेदन दिन जाँदा कागजात नमिलेको भन्दै फर्काइएको छिमेकी मथुरा भुलले बताइन् । 'सास छउञ्जेल बाँच्नका लागि काम गर्नु पर्दो रहेछ,' मथुराले भनिन् ।

 

प्रकाशित : पुस १४, २०७१ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?