१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
कोसेली

Koseli

केटीहरू कस्ता कुरा गर्छन् ? 

एउटा परिहास ‘तिमीहरू केटी–मान्छे मात्रै भेट हुँदा आपसमा कस्ता कुरा गर्छौ ?’– केटा ।‘केटा–मान्छेले जस्तो कुरा गर्छन्, त्यस्तै त हो नि ।’ – केटी ।

केटीहरू कस्ता कुरा गर्छन् ? 

निबन्ध निरञ्जन

भर्खरै शंकर–रात्रि सकिएको छ अर्थात् शिवरात्रि । धुनी जगाएर चराचर जगत्का कल्याणकारी बाबाको जन्मदिन धुमधामसाथ मनाइएको छ । नव–दिशा र नव–देशका भक्तहरुले भोलेबाबाको दर्शन गरिसकेका छन् । रुप, रङ, आवरण, आकृति र कर्मका कारण उनका करोडौं फ्यान छन् ।

निबन्ध निरञ्जन

खराब अनुवाद : गम्भीर सवाल 

अनुवाद नहुँदो हो त संसारका कैयौं राम्रा, गहन र अर्थपूर्ण कृतिको लुत्फ उठाउन सक्दैनथे पाठकले । अनुवादमार्फत नै मौलिक भाषामा रचिएका कृतिले संसारभरका अलगभाषी पाठकलाई साहित्य, लोकगाथा र दर्शनका दृष्टिकोण बुझ्न सहयोग गरेको छ ।

खराब अनुवाद : गम्भीर सवाल 

अनि नेपालमा खुल्यो बोर्डिङ स्कुल ! 

असार १४, २००३ को ‘गोरखापत्र’ को छैटौं पातोमा तात्कालिक शिक्षा विभागको एउटा सूचना छापिएको छ– सहर बाहिर स्वास्थ्यकर ठाउँमा छात्रावास सहितको ‘पब्लिक’ स्कुल खोल्ने योजना गर्नलाई छात्रसंख्या थाहा हुनुपर्ने भएकाले यो सूचना दिने काम भएको छ ।

अनि नेपालमा खुल्यो बोर्डिङ स्कुल ! 

उथलपुथल गाथा

सन् १९५० को दशकदेखि नेपालमा उल्लेख्य परिवर्तन भएका छन् । धेरै सोचेका कुरा भएनन् र नसोचेका घटनाक्रम देखिए । यसले देखाउँछ, नेपाल आश्चर्यहरूको देश हो, जुन अन्यतिर विरलै हुन्छ । उदाहरणका लागि राजतन्त्र उन्मूलन,’ सन् २०२३ मा रूपा पब्लिकेसनबाट प्रकाशित राजनीतिशास्त्री लोकराज बरालको पछिल्लो किताब ‘नेपाल : फ्रम मोनार्की टु रिपब्लिक’ को सुरुवाती अध्यायमा लेखिएको छ ।

उथलपुथल गाथा

साइबेरियादेखि नेपालसम्म

जगदीशपुरको अर्को परिचय हो– चराहरु, चराको कलरव जलक्रिया र आहारविहार । चराको स्वर्ग अर्थात् कपिलवस्तुको जगदीशपुर ताल स्वदेश–विदेशमा उत्तिकै चिनिन्छ । 

साइबेरियादेखि नेपालसम्म
फाल्गुन २६, २०८०

हाइ हाइ रे नेवाः कविता !

‘थःछेँ’– नेपालभाषाको यस शब्दको अर्थ रोचक र व्यापक छ । यसको ठ्याक्कै नेपाली अनुवाद हुन्छ– ‘आफ्नो घर’ ! खासमा यो शब्दलाई ‘माइती’ को अर्थमा प्रयोग गरिन्छ । तर, ‘माइती’ ले त्यो अर्थ र बिम्ब बोक्न सक्दैन, जुन ‘थःछेँ’ ले बोक्छ । बिहे गरी श्रीमान्को घर पुगेकी छोरीको माइती नेवार परिवारमा ‘थःछेँ’ हुन्छ अर्थात् ‘आफ्नो घर’ हुन्छ । 

हाइ हाइ रे नेवाः कविता !

गौतम बुद्धलाई पत्र

हे दीप्त ज्योति,आत्माको जीवन–रस प्रेम र सौम्य–स्मृतिका कुसुमहरू तिम्रा बुद्धत्वका नाममा समर्पण ।तिम्रा ती पंखहरू ज्ञानका थिए, तिमी उड्यौ सगर छुन एउटा तारा बनी, र गर्न खोज्यौ उज्यालो आफ्नो प्रकाशले, जीवनका अति अन्धकारपूर्ण घना जंगलहरू हुँदै हिँडिरहेका बटुवाहरूका बाटामा । तैपनि किन घस्रिरहेका छन् तिनीहरू, अनभिज्ञ दिशातिर अर्थहीन भएर, थाहा छ तिमीलाई ?

गौतम बुद्धलाई पत्र

एक वियोग, एक आन्दोलन

हिउँदको अन्त्यतिर अहिले राजधानीका दुई थिएटरमा दुई नाटक मञ्चनरत छन्– मण्डलामा ‘अन्धवेग’ र शिल्पीमा ‘झोडा’ । दुवै नाटकको समान तत्त्व छ– प्रेम । एकातिर भूमि, अर्कोतिर प्रेमी । एउटाले सत्तालाई प्रश्न गर्छ, अर्कोले समाजलाई व्यंग्य ! 

एक वियोग, एक आन्दोलन

स्टारफेरीमा नायिकाको हत्केला

२३ नोभेम्बर २०२३ । करिब एक घण्टा ढिला उडेको नेपाल वायुसेवाको जहाज चेक ल्याप कोक टापुमा अवस्थित हङकङ एयरपोर्ट पुग्दा साँझ ढल्किसकेको थियो । समृद्धिको अभूतपूर्व यात्रामा उहिल्यैदेखि छलाङरत हङकङ टेक्न म औधी उत्सुक थिएँ । लाहुरे दाजुभाइहरूले विगतमा गरेको हङकङको बखानले पनि मलाई कौतूहलता जगाएको हुनुपर्छ ।

स्टारफेरीमा नायिकाको हत्केला

पर्खिरहेछ काफलडाँडा 

नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गर्दा बागलुङ, पर्वत र जोमसोमको बीचमा म्याग्दी जिल्ला जन्मिएको रहेछ, २०१८ सालमा । हङकङ र नेपाली मुद्राको मूल्य बराबर भएको समयतिर लाहुरे भई हङकङ छिरेका चामबहादुर पुन (६७) को अगुवाइमा म्याग्दीको काफलडाँडास्थित पुन संग्रहालय, पुन पाहुना घर, पुस्तकालय साथै प्राथमिक उपचारका लागि निःशुल्क औषधि पनि वितरण हुने स्वास्थ्य चौकी निर्माण गरिएको रहेछ । 

पर्खिरहेछ काफलडाँडा 

मलाई नजन्माएका बा-आमा

सन् २०१८ । बैंग्लुरु माथिको आकाश, नेपाल एयरलाइन्सको जहाज । बैंग्लुरुको क्याम्पेगोडा विमानस्थलमा अबको केही बेरमा हामी अवतरण गर्दै छौं भन्ने परिचालिकाको यान्त्रिक स्वरले यात्रुहरू जुर्मुराउन थाले । मैले पनि आङ र गोडा इकोनोमी सिटको परिधिले अनुमति दिनेसम्म तन्क्याएँ । विमानको उडानको उचाइ घट्दै थियो । म यसभन्दा अघि नआएको बैंग्लुरु सहर देखिन थाल्यो ।

मलाई नजन्माएका बा-आमा

सुन्दर कथा, विद्रूप कथा

वर्तमान समय आख्यानको युग हो । आख्यान लेख्ने, छाप्ने र पढ्ने क्रम बढ्दो छ । हाम्रोजस्तो पठन संस्कृतिको जग बसिनसकेको समाजमा पनि आख्यानले राम्रै हस्तक्षेप गरिरहेको छ । क्षमताले लेख्ने, रुचिका लागि लेख्ने र लेख्नैका लागि लेख्ने हरेक किसिमका लेखक एक न एक पटक आख्यानको क्षेत्रमा विचरण गर्न चाहन्छ । 

सुन्दर कथा, विद्रूप कथा

क्रान्तिले भुलेको पाठशाला

कवि दुई प्रकारका हुन्छन्– कविताको मर्म अनि कविको जीवनशैलीबीच साम्यता हुनुपर्छ भन्ने आग्रह राख्ने र साम्यताको धारणा खारेज गरी सिर्जनालाई मात्रै महत्त्व दिने ! अभय श्रेष्ठ पहिलो पंक्तिका कवि हुन्, जो आफू र आफ्ना कविता छुट्याएर नहेरिदिन आग्रह गर्छन् । भूमिकामा लेखेका छन्, ‘म जे हुँ, मेरो कविताज्ञ त्यही हो । म, मेरो विचार, जीवनशैली र मेरा कविता पृथक् होइनन् ।’ 

क्रान्तिले भुलेको पाठशाला