कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोकस आउ ! : जम्बो जिन्स

केहीअघि काम विशेषले सामाखुसीबाट मनमैंजु हिँडेर गइरहेको थिएँ ।

फोकस आउ ! : जम्बो जिन्स
गोंगबु चोकदेखि उतरतर्फको सीधा गल्ली छिरेर नजिकैको सडकपेटीमा हिंड्दै गर्दा दुई किशोरकिशोरी सामुन्नेको पसलतिर हारेर हाँसेको देखें । मैले पनि उनीहरूले हेरेतिर आँखा दौडाएँ । त्यहाँ एउटा जिन्स टेलरिङ पसल रहेछ । पसलबाहिरको भर्‍याङनेर झुन्ड्याइएको जिन्स पाइन्टले यो बाटो हिँड्नेको ध्यान तान्दो रहेछ ।
निकै ठूलो आकारको यो जिन्स पाइन्टमा 'जिन्स जुम' लेखिएको थियो । नजिकै गएर हेर्दा थाहा भयो, यी अक्षर लेखिएका नभई, कपडा सिलाएर नै बनाइएका रहेछन् । टेलरिङ पसलमा सिनियर टेलर बच्चुराम श्रेष्ठका अनुसार यो पाइन्टलाई पसलको साइनबोर्डका रूपमा राखिएको हो । 'यसले सबैको ध्यान तान्ने भएकाले विज्ञापन पनि गर्नु परेन,' उनले यसको फाइदा बताए । १२ मिटर जिन्स कपडा प्रयोग गरिएको यो पाइन्टको लम्बाइ १०० र कम्मर ९० इन्च छ । औसत नेपालीको शरीरको नापअनुसार हिसाब गर्दा यो कपडाले ११ वटा जिन्स पाइन्ट बन्न सक्ने पनि उनले बताए ।

प्रकाशित : चैत्र १५, २०७० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?