कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ हजार राशीको गजल पुरस्कार स्थापना

अष्ट्रेलिया — सिड्नीमा रहेर नेपाली साहित्य सिर्जनामा लागिपरेका साहित्यकार प्रदीप चापागाईले २५ हजार राशीको जोगमाया गजल पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् ।

२५ हजार राशीको गजल पुरस्कार स्थापना
अर्को सालदेखि प्रत्येक बर्ष प्रदान गरिने उक्त पुरस्कार बर्षभरि प्रकाशित भएका गजल संग्रहहरुको मुल्याङ्कनका आधारमा गरिनेछ ।
साहित्यकार चापागाईले एक बिज्ञप्ति निकालेर उक्त घोषणा गरेका हुन् । यही बर्षको डिसेम्बरमा आफ्नी हजुरआमा जोगमाया चापागाईको सम्झनामा जोरपाटीमा विधिवत रुपमा स्थापना गर्न लागिएको जोगमाया चापागाई प्रतिष्ठान अन्तरगत उक्त पुरस्कार प्रदान गरिने उनले बताए । प्रतिष्ठानले गतबर्षदेखि नै छैमलेमा रहेको श्रीकृष्ण माध्यमिक बिद्यालयबाट उत्कृठ अंक ल्याएर उत्तीर्ण गर्ने बिद्यार्थीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसका अतिरिक्त प्रतिष्ठानले न्युन आर्थिक अवस्थाका भएका क्यान्सर रोगीहरुको उपचारमा समेत सहयोग पुरयाउनेछ ।
दुईवटा कविता संग्रह बजारमा ल्याइसकेका चापागाईले नेपालका चर्चित कलाकारहरुको स्वर र संगीत रहेको गजल एल्बम गुमनाम र तेस्रो कविता संग्रह फूलहरुको युद्ध समेत चाँडै बजारमा ल्याउँदैछन् । एल्बम र कविता संग्रहको बिमोचन समेत प्रतिष्ठानको स्थापनाका दिन गरिने चापागाईले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १, २०७१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?