कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार वस्ती रहेनन्

धनकुटा — पूर्वीय हिन्दु दर्शनका ज्ञाता साहित्यकार कृष्णप्रसाद वस्तीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ।

साहित्यकार वस्ती रहेनन्
मधुमेह र उच्च रक्तचापबाट ग्रसित शिक्षाविद् वस्ती धनकुटा नगरपालिका-७ सिरानबजारमा रहेको आफ्नै घरको शौचालयमा शुक्रबार बिहान बेहोस भेटिएका थिए।
१९८८ मा धनकुटाको फलाँटेमा जन्मिएका वस्तीले भारतको वारानशेय संस्कृत विश्वविद्यालयबाट संस्कृत विषयमा आचार्य, त्रिभुवन विश्वविद्यालयबाट एमए र इतिहास पुराणमा आचार्य गरेका थिए। धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्रमुख समेत रहेका वस्तीले २००८ मा ग्रामीण पाठशालाबाट जागिरे जीवन सुरु गरेका थिए, जीवनका ४४ वर्ष प्राध्यापनमै बिताए। राणाकालमा पनि ग्रामीण शिक्षाको पक्ष वकालत गर्ने वस्तीका 'नरहरि', 'कृष्णराज', 'शक्तिमाता', 'ठूलीआमा', 'युवराज' लगायत डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्।
वस्तीबारे विश्वविद्यालयका थुप्रै विद्यार्थीले शोध गरेका छन्। वस्तीका ३ छोरी र २ छोरा छन्। उनको शनिबारै मूलघाटमा अन्तिम संस्कार गरियो।

प्रकाशित : भाद्र १, २०७१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?