कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा भएको पत्रकार आक्रमणको विरोध

काठमाडौं — नेपाल पत्रकार महासंघ सिरहा शाखाको अधिवेशनका बेला भएको प्रहरी हस्तक्षेपको प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।


गैरपत्रकारलाई सदस्य दिएकोविरुद्धमा आवाज उठाउने जिल्लाका क्रियाशिल पत्रकारहरु रामभरोषी महतो, दिनेश देव, दिलिप सिंह, सुरेन्द्र कामती, शम्भू यादव तथा मिथिलेश यादवमाथि आक्रमण भएको प्रेस चौतारीले विज्ञप्तीमार्फत जनाएको छ ।
'नीति तथा नियमकाविरुद्ध लाग्नेहरुलाई सही मार्गमा ल्याउन प्रयत्न गर्ने पत्रकारहरुलाई नै आक्रमण गर्नु प्रहरी प्रशासनको नालायकी काम हो,' महासचिव माधव नेपालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने ती पत्रकारहरु घाइते छन् । उनीहरुको उपचारको ब्यवस्था गर्नसमेत प्रेस चौतारी नेपाल माग गर्दछ ।'

प्रकाशित : फाल्गुन २५, २०७० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?