कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी टप्पुमा अर्ना बढे

इटहरी — कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढेको छ । अर्ना विश्वमै दुर्लभ जनावर हो । दुई वर्षअघि २ सय ५९ रहेकामा यसको संख्या बढेर ३ सय २७ पुगेको हो ।

कोसी टप्पुमा अर्ना बढे
यो अवधिमा ६८ वटा अर्ना बढेको आरक्षका संरक्षण अधिकृत गंगाराम सिंहले बताए । चैत १० देखि ४ दिन लगाएर यसको संख्या गणना गरिएको थियो ।
विज्ञ, पूर्व वार्डेन, आरक्ष कर्मचारी, नेपाली सेनासहित गरी ७० जनाको टोलीले तीन वटा हात्ती प्रयोग गरी गणना गरेको सिंंहले जनाए । प्रत्यक्ष खोजी र गणना -डाइरेक्ट सर्च एन्ड काउन्ट) विधिबाट अर्ना गणना गरिएको हो । बयस्क भाले ५२, बयस्क पोथी ९८, अर्ध बयस्क भाले ७६, अर्ध बयस्क पोथी ४४, बकेर्नु पाडा २५ लैनो पाडा ३२ गरी तीन सय २७ संख्या गणना गरिएको छ । विश्वमा अर्नाको संख्या ३ हजार ४ सय रहेको अनुमान छ ।
२०३२ मा पहिलोपटक गणना हुँदा कोसी टप्पुमा ६३ अर्ना गणना भएको थियो । त्यसपछि २०६५ सालमा २ सय १९, २०६६ मा २ सय १५, २०६७ मा २ सय ३७, त्यस्तै २०६८ मा २ सय ५९ अर्ना थिए । ओसिलो घाँसे मैदान, धापिलो क्षेत्र, बाक्लो वनस्पति भएको स्थान र बाढी गइरहने क्षेत्र तथा उपत्यका अर्नाको बासस्थानको विशेषता हुन् । ७ सयदेखि १२ सय केजीसम्म तौल हुने अर्नाको उचाइ १ सय ५० देखि १ सय ९० सेन्टिमिटरसम्म हुन्छ ।

प्रकाशित : चैत्र १७, २०७० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?