कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुम्भ मेला आजदेखि सुरु

वेदराज पौडेल

इटहरी — एक महिना सम्म संचालन हुने १२ बर्षे कुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री शुशिल कोइरालाले आज चतराधामको कोशी किनारमा गर्दैछन्

। राजधानीबाट हेलिकप्टरमा इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतनामा अवतरण गरी प्रधानमन्त्री कोइरालाले मध्यान्ह १ :३० बजे कुम्भको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कुम्भको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजार ५० जवान परिचालन गरिएको छ ।
चैत शुल्कपक्ष प्रतिपदा तिथिबाट प्राचीन हरिद्वारको रुपमा स्थापित चतराधाममा एक महिनासम्म कुम्भ स्नान जारी रहने छ । २०५९ साल कुम्भको प्रारम्भ गरिएको थियो । त्यसको छ वर्षपछि २०६४ सालमा अर्ध कुम्भ मेला आयोजना गरिएको थियो । प्रत्येक १२ बर्षमा आयोजना गरिने महाकुम्भ स्नान नेपालमा पहिलो पटक आयोजना हुन लागेको क्षेत्रीय प्रशासक शंकर अधिकारीले जानकारी दिए ।
भारतमा मात्रै लाग्दै आएको कुम्भ नेपालमा समेत प्रारम्भ हुनु यो मुलुककै गौरवको विषय भएको पूर्व संस्कृति सचिव मोदराज डोटेलले बताए । नेपालको राष्ट्रीय गरिमा उच्च राख्न मेलाको आयोजना गरिएको मेलामा एक करोड मानिस भित्रयाउन समेत लक्ष्य लिएको डोटेलको भनाइ छ । कुम्भमेलालाई सफल बनाउन ११ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति समेत गठन भइसकेको छ ।
राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता सद्भावको संरक्षण सम्वद्र्धन गर्दै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गराउन मेला आयोजना गरिएको समेत पीठाधिस बालसन्त महाराजले बताए ।
भक्तजनहरुका लागि बस्ने विषेश व्यवस्था, चतरा सम्म आउन जानका लागि २४ घण्टा सवारीको सुविधा, विभिन्न संघ संस्थाहरुले निशुल्क रुपमा खाना खुवाउने भण्डाराको व्यवस्था समेत मिलाएको मेला सुरक्षा समितिका संयोजक एसएसपी यादवराज खनालले जानकारी दिए ।
 

प्रकाशित : चैत्र १७, २०७० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?