२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

स्याललाई गोली हान्दा महिलाको मृत्यु

तनहुँ — भरुवा बन्दुकको छर्रा लागेर देउराली–३ बस्ने ४५ बर्षीया आसमायाँ गुरुङको मृत्यु भएको छ । गोली हानेको आरोपमा सोही ठाउँका ६० बर्षीय शुक बहादुर गुरुङ फक्राउ परेका छन् । नाकाखोलाको जंगलमा बाख्रा चराउन गएको बेला बैशाख १८ गते गुरुङले स्याल आयो भनी गोली प्रहार गर्दा घाँस दाउरा लिन गएकी आसमायालाई गोली लागेको थियो ।


छर्रा लागेर गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजबाट थप उपचारको लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौँ लगिएकोमा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो । अभियुक्त सुकबहादुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित : वैशाख १९, २०७१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?