कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।



सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो । मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो ।

विमान दुर्घटनाका सबै मृतकको शव शिक्षण अस्पतालमा

यूएस बंगला विमान दुर्घटना: ४९ को मृत्यु, २२ घाइते

प्रकाशित : फाल्गुन २९, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?