कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या आरोपी मेयर सियाराम कुसवाह पक्राउ

रौतहट — कटहरिया नगरपालिकाका हत्या आरोपी मेयर सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको अनामनगरबाट मेयर कुसवाहलाई पक्राउ गरेको हो ।

हत्या आरोपी मेयर सियाराम कुसवाह पक्राउ

हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो । जिल्ला प्रहरीले मेयर कुसवाहलाई तत्काल पक्रेर बुझाउन मातहत चौकीलाई निर्देशन दिइएपनि उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।


उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो । अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको हो । फैसलाको झन्डै डेढ महिनापछि कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

विस्तृतमा पढ्नुहोस्

हत्या अभियोगमा मेयरलाई पक्राउ गर्न निर्देशन

प्रकाशित : वैशाख २७, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?