कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२ औं पटक सगरमाथा चढेका कामिरिता भन्छन्, 'स्वास्थ्यले साथ दिए फेरि चढ्छु'

काठमाडौँ — किर्तिमानी आरोही कामिरिता शेर्पाले स्वास्थ्यले साथ दिए फेरि सगरमाथ आरोहण गर्ने बताएका छन् ।

२२ औं पटक सगरमाथा चढेका कामिरिता भन्छन्, 'स्वास्थ्यले साथ दिए फेरि चढ्छु'

सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कामिरिता आइतबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक कक्ष बाहिर सञ्चारकर्मीहरुसँग उनले भने, 'फेरि समिट गर्ने नगर्ने भन्ने कुरा मेरो ज्यानको अवस्थालाई हेरेर निर्णय गर्छु ।' उनलाई विमानस्थलमा परिवारका सदस्य, आफन्त तथा आरोहण क्षेत्रमा संलग्नहरुले स्वागत गरेको थियो ।

यी ४८ वर्षिय आरोहीले बुधबार सगरमाथाको चुचुरोमा २२ औं पटक पाइला टेकेको थियो । धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ । जसमा सबैभन्दा पहिले आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले रेकर्ड राखेका थिए । यी दुईकै हाराहारीमा कामिरिताले गत वर्ष २१ औं पटकको आरोहणको रेकर्ड बनाएका थिए ।

यो पनि पढ्नुस् :

विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

भिडियो र सबै तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर ।

प्रकाशित : जेष्ठ ६, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?