कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बर्खास्त

विजय तिमल्सिना

काठमाडौँ — सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बर्खास्त

सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । साउन २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई दोस्रो पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघि वैशाख २४ गतेको मन्त्रिपरिषद्ले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । भण्डारीको स्पष्टिकरणपछि जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यसम्पादन सुधार्न ११ बुँदे निर्देशन दिएको थियो ।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि प्रबन्ध निर्देशक बनेकी भण्डारीको कार्यकाल अझै एक वर्ष बाँकी थियो ।

यो पनि पढ्नुहोस् : टेलिकम प्रबन्धकलाई हटाउने तयारी


प्रकाशित : श्रावण २९, २०७५ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?