कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशका लागि अस्वीकृत जोशीले लिए थप ६ दिन बिदा

घनश्याम खड्का

काठमाडौँ — संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि १५ दिन बिदा बसेका न्यायाधीश दीपकराज जोशीले थप ६ दिन बिदा लिएका छन् । साउन २० गतेबाट बिदामा बसेका जोशीको आइतबारबाट बिदा सकिएसँगै उनले थप ६ दिन भैपरी बिदा लिएका हुन् ।

प्रधानन्यायाधीशका लागि अस्वीकृत जोशीले लिए थप ६ दिन बिदा

अाजबाट पुन: सर्वोच्च जाने/नजाने बारे बुझ्न उनीसँग सम्पर्क गर्दा उनले आफूले थप ६ दिन बिदा लिएको बताएका हुन् ।

संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ । जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।


सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म जोशी काममा फर्किए उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन् । तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उनीमाथि नैतिक प्रश्न भने खडा हुनेछ ।


संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकार गरेको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?