कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा अनिश्चितकालीन कर्फ्यू

अर्को आदेश जारी नभएसम्म कर्फ्यू जारी रहने जिप्रकाको भनाइ
भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश जारी गरिएको  हो ।

भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा अनिश्चितकालीन कर्फ्यू

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरिएको आन्दोलनमा थप जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाइएको जिप्रका कञ्चनपुरले जनाएको छ ।


आज बेलुकी बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए ।


उनका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ को बजार क्षेत्रमा कर्फ्यू लगाइएङ्को छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको अधिकृत जोशीले बताए ।


बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन शुक्रबार पनि उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो। शुक्रबार आन्दोलनको क्रममा जिप्रका अगाडि प्रदर्शनकारीमाथि गोली चलाउँदा एक जनाको ज्यान गएको थियो ।


अहिले पनि चोकचोकमा मानिसहरुको भीड लागेको छ ।


यो पनि...

किशाेरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु


प्रकाशित : भाद्र ८, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?