कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्मा आईसीयूमा भर्ना, अवस्था गम्भिर तर स्थिर 

अल्टिच्युडको हेलिकप्टर दुर्घटना
अतुल मिश्र

काठमाडौँ — हेलिकप्टर दुर्घटनामा परेर घाइते भएकी ल्हो आनी डोल्मा डिकीलाई शनिबार साँझ ललितपुरस्थिति मेडिसिटि अस्पताल ल्याएर आइसियुमा भर्ना गरेर थप उपचार भइरहेको छ । उनको अवस्था गम्भिर तर स्थिर रहेको उपचारमा संलग्न चिकितसकहरुले बताएका छन् ।  

डोल्मा आईसीयूमा भर्ना, अवस्था गम्भिर तर स्थिर 

मेडिसिटिका इमर्जेन्सी मेडिसिन विभाग प्रमुख तथा इमर्जेन्सी मेडिसिन फिजिसियन डा. संजय कार्कीको नेतृत्वमा सिम्रिक एयरको हेलिकप्टरमा गएको मोबाइल आईसीयूसहितको चिकित्सकिय टोलीले डोल्मालाई नुवाकोटको विकट स्थानमा रहेको दुर्घटनास्थलबाट उद्धार गरी मेडिसिटि ल्याएको हो ।


डा. कार्कीको अनुसार डोल्मालाई दुर्घटनास्थलमा हाइपोथर्मियाको समस्या देखिएपछि तुरन्त थर्मल ब्लांकेट लगायतकाको माध्यमले उनको शरिरको तापक्रमलाई नियन्त्रण गरिएको थियो । यस पछि दुर्घटनास्थल मै विभिन्न चिकित्सकिय प्रकृया, औषधि आदिको माध्यमले डोल्माको स्वास्थ्य स्थितिलाई स्थिर पारेर काठमाडौं ल्याइएको हो ।


मेडिसिटमा अवेर साँझ गरिएको विभिन्न परिक्षणबाट डोल्मालाई धेरै चोटपटक लागेको देखिएको छ ।


डा. कार्कीको अनुसार उनको करङका तथा हिपका हड्डीहरु धेरै ठाउँमा भाँचिएका छन् भने 'न्यूमोथोरेक्स' र स्पाइनल फ्राक्चर पनि भएको देखिएको छ ।


डोल्माको थप उपचार अन्तर्गत शल्यक्रिया लगायतका अन्य चिकित्सकिय प्रकृया बारे डाक्टरहरुले योजना बनाइ रहेकाछन् ।


डा. कार्कीका अनुसार डोल्मासँग भएको सिमित प्रारम्भिक कुराकानी अनुसार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ढोका खुलेपछि उनि उछिट्टिएर बाहिर पुगेको हुनसक्ने देखिएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?