कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको प्रस्ताव एमाओवादीमै पत्याउन धौ धौ

काठमाडौं — एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई साता लगाएर लेखेको राजनीतिक दस्ताबेजमा 'पार्टी रुपान्तरण र पुनर्गठन' को कुरा प्रमुखता साथ उठाए पनि जारी केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुलाई पत्याउन मुस्किल परेको छ ।

दाहालको प्रस्ताव एमाओवादीमै पत्याउन धौ धौ
यसअघि पनि अध्यक्षको हैसियतले दाहालले पार्टी रुपान्तरण, नेताको कार्यशैली परिर्वतनको कुरा पटकपटक उठाए पनि व्यवहारमा नदेखिएकाले यसपल्ट त्यो परिवर्तनको आधार के हुने ? भन्दै नेताहरुले प्रश्न गरेका छन् । एमाओवादी शान्ति प्रक्रियामा आएदेखि पटकपटक बिधि र आचारसंहिता बनाएर 'सर्वहारा कार्यशैली' बनाउने निर्देशन जारी भए पनि मूल नेतृत्व त्यस बिपरित गएको भन्दै केन्द्रीय सदस्यले प्रश्न उठाएका हुन् ।
डेढ वर्षअघि भृकुटीमण्डप बैठकमा नेताको कार्यशैलीलाई लिएर चर्को कुरा उठे पनि नेतृत्वले 'एक कानले सुनेर अर्को कानले उडाइदिएको' केन्द्रीय सदस्यहरुले बताएका छन् । यसअघि सर्वहारा कार्यशैली (सादा जीवन) को कुरा गरे पनि बलवान नेताहरु पुँजीवादी कार्यशैलीमा लिप्त भएकाले यसपटक दाहालको दस्ताबेजको कुरा ब्यहारमा लागु नभएसम्म पत्याउन नसकिने एक केन्द्रीय सदस्यले बताए ।
'हरेक पटक संकट पर्दा कार्यशैली परिवर्तनको दस्ताबेज आउँछ' उनले कान्तिपुरसँग भने, 'त्यसपछि दस्ताबेज नेताको सुविधासम्पन्न कोठामा थन्किन्छ ।' भृकुटीमण्डप भेलामा दाहालले तत्काल लाजिम्पाट निवास छाड्ने, सुविधासम्पन्न जीवनशैलीलाई सादा जीवनमा रुपान्तरण गर्ने घोषणा गरेका थिए । त्यसपछि उनले डेरा नपाएको र सुरक्षा कारण लाजिम्पाट छाड्न नसकेको स्पस्टीकरण दिदै आएका छन् ।
'बोल्ने एउटा, गर्ने अर्को'ब्यबहारलाई जनताले मजाले चिनिसकेका छन्' ती नेताले भने, 'अझै पनि नेताले चरम पुूजीवादी कार्यशैलीलाई परिवर्तन गर्न सहज छैन । फेरि पनि कुनै न कुनै बहानमा नेताले बुर्जुवा नेताजस्तै कार्यशैली अपनाउने छन् ।'
नेता हेमन्त प्रकाश ओलीले नेतृत्वमाथि प्रश्न उठाउूदै बैठकमा पार्टीभित्र हाल पनि दादागिरी र सम्पत्तिको धाक लगाउनेको बोलबाला भएको बताए । 'हामी सर्वहारा वर्गीय दृष्टिकोणको कुरा जोडजोडले उठाइरहेका छौ' उनले भने, 'समानुपातिक सूची तय गर्ने बेलासम्म पार्टीभित्र दादागिरी र सम्पत्तिवालाको बोलाबाला भएको छ । रुपान्तरण भएको यही हो ?'
उनले गुटबन्दी अन्त्य गर्ने कुरा गर्दै गुटका बैठक जारी रहेको बताए । उनले पार्टीभित्र सर्वहारा वर्गदृष्टिकोणमा ह्रास आएकोले पार्टीले अनपेक्षित परिणाम भोगिरहेको जनाए ।
नेता राम कार्कीले ब्यंग्य भाषामा 'दस्ताबेजले मात्र आगो बाल्न सक्दैन' भन्दै जनताले आचारण हेरको बैठकमा बताएका थिए । 'दस्ताबेजले यो जाडामो आगो बाल्दैन, ब्यहारले मात्र आगो बाल्न सक्छ' उनको भनाइ थियो, 'त्यसकारण मुख्य कुरा ब्यबहार हो, जनताले ब्यवहार हेरेका छन् दस्ताबेज होइन ।'
दाहालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमा रुपान्तरणको लामो ब्याख्या गरेका छन् । त्यसलाई शुक्रबार बोल्ने २६ जना केन्द्रीय सदस्यले मूलभूत रुपमा स्वीकार गरे पनि ब्यबहारमा उतार्न चुनौती भएको बताए । 'हाम्रो नीति जहिले पनि राम्रै देखिन्छ, ब्यबहारमा भने तात्विक अन्त्य आएको छैन' कार्कीको भनाइ थियो । उनले कम्युनिस्ट पार्टी अन्तरसंघर्षबाट सही बाटोमा जाने भएकाले त्यो संघर्षलाई आतंक नठान्न आग्रह गरे ।
बैठकमा बोल्दै नेतृ सत्य पहाडीले पार्टीमा 'सजाय र पुरस्कारको ब्यवस्था हुनुपर्ने' भन्दै एउटै आूखाले हेर्न नहुने बताइन् । 'नेता कार्यकर्तालाई काम अनुसार सजाय र पुरस्कार हुनुपर्छ' उनको भनाइ थियो । उनले एमाओवादीका नेता तथा कार्यकर्ता दम्भ बोकेका गुरु जस्ता भएको भन्दै धेरै सुधारको खाूचो रहेको बताएकी थिइन् ।
प्रवक्ता अग्नि सापकोटाले बैठकमा बोल्ने अधिकांश नेता तथा कार्यकर्ताले दस्ताबेजमा उल्लेख भएको कुरा कार्यान्वयन गर्न जोड दिएको बताए । 'नेतृत्व रुपान्तरण कार्यान्वयनको प्रश्न उठाउनु भएको छ' उनले भने, 'बोल्ने अधिकांशले दस्ताबेजमा सबै विषय समेटिएको बताउनु भएको छ ।' उनले प्रायः सबैले पार्टी सरकारमा जान नहुने सुझाव दिएको बताए ।

प्रकाशित : माघ ४, २०७० ००:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?