१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

एमाओवादीको बहस नयाँ शक्ति निर्माणका लागिः भट्टराई

'एमाओवादीमा 'नवआलोक'हरु सक्रिय'

काठमाडौं — एमाओवादी नेता बाबुराम भट्टराईले पार्टीभित्रको बहस नयाँ शक्ति निर्माणका लागि भएको स्पष्ट पारेका छन् । बहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डाका निम्ति नभएको उनको भनाइ छ ।

एमाओवादीको बहस नयाँ शक्ति निर्माणका लागिः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टीभित्रको बहस नयाँ शक्ति निर्माणका लागि भएको स्पष्ट पारेका छन् ।
'एमाओवादी भित्रको बहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डाका निम्ति नभएर विचार, राजनीति र संगठनको विकास र रुपान्तरणसहित नयाँ शक्तिको निर्माणको निम्ति हो,' भट्टराईले शनिबार फेसबुकमा लेखेका छन्, 'केही मान्छेहरुको दिमाग तीस बर्ष पुरानो फ्रिजमा बन्द हुनु र नयाँ वैचारिक बहस भन्दा पुरानै ग्वेबेलियन दुष्प्रचारमा उत्रनु दु:खद कुरा हो।'
भट्टराईलेले शनिबार नै टि्वट गर्दै पार्टीभित्र 'नवआलोक'हरुको नकारात्मक सक्रियता बढेको बताएका थिए ।
उनको टि्वट छ- 'पार्टीभित्रको अन्तर्संघर्षमा प्रत्येक पटक 'नवआलोक'हरुको नकारात्मक सक्रियता विशेष उल्लेखनीय रहने गरेको छ। यसपटक पनि त्यस्तो झल्को देखिन थालेको होत ?'
आफूपक्षीय दुई नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई संस्थापन समूहले कारबाही गरेपछि भट्टराई क्रुद्ध छन् ।


प्रकाशित : श्रावण २४, २०७१ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?