कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नर्भिक अस्पतालले बिरामीको उपचार प्रकृयामा त्रुटी गरेको ठहर

'अमी रिसाल उपचार प्रकरण'
'रोग पहिचान गर्न ढिलाइ'
'स्वास्थ्य उपचार को स्पष्ट कार्यविघि छैन'
अतुल मिश्र

काठमाडौ — नेपाल मेडिकल काउन्सिलको छानविन समितिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा वितेका बीरामी अमी रिसालको उपचार प्रकृयामा कमी कमजोरी संगै त्रुटी रहेको समेत ठहर गरेको छ ।
यति मात्र नभइ नर्भिकको सेवा प्रणाली, व्यवस्थापन र व्यावसायिक आचरण संग सम्वन्धित त्रुटि, कमजोरीहरु समेत प्रतिवेदनमा औल्याइएको छ ।

नर्भिक अस्पतालले बिरामीको उपचार प्रकृयामा त्रुटी गरेको ठहर
नेपाल मेडिकल काउन्सिलको छानविन समितिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएका बीरामी अमी रिसालको उपचार प्रकृयामा कमी संगै अन्य त्रुटी समेत रहेको ठहर गरेको छ ।
समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको छानविन प्रतिवेदनमा नर्भिकको सेवा प्रणाली, व्यवस्थापन र व्यावसायिक आचरण संग सम्वन्धित त्रुटि, कमजोरीहरु समेत प्रतिवेदनमा औल्याइएको छ ।
ललितपुर, झम्सिखेलका ४७ वर्षीय अमी रिसाल वाकवाकी, टाउको र पेट दुखाई, पखाला, आदि समस्या सहित डा.राजिव पाण्डे समक्ष पुगेका थिए । पछि चिकित्सक कै सल्लाह अनुसार गत असार महिनामा नर्भिकमा भर्ना भएका थिए । रिसालका आफन्तले नर्भिक अस्पतालको त्रुटिपुर्ण उपचार प्रकृयाले उनकाे मृत्यु भएको दावी गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काउन्सिललाई रिसालको स्वास्थ्य उपचार प्रकृया वारे छानविन गर्ने वारे पत्र पठाएको थियो ।
पत्रमा विरामी रिसालको स्वास्थ्य उपचारको प्रकृया, उपचारमा देखाउनु पर्ने कुशलता र सम्वेदनशीलताको पक्ष कति सकारात्मक वा कमजोर थियो भन्ने वारे सत्य तथ्य छानविन गरी कारवाहीको लागि सिफारिस समेत गर्न काउन्सिललाई भनिएको थियो ।
स्रोतको अनुसार प्रतिवेदनमा बिरामी रिसाल 'ग्यास्ट्रोइन्टरटाइटिस' को समस्या लिएर नर्भिकमा उपचारको लागि गए पनि भर्ना भएपनि न्युरो सम्वन्धि समस्या आएको कुरा त्यहाँका डाक्टरले पहिचान गर्न ढिलाइ गरेको पाइएको स्पष्ट उल्लेख छ ।
काउन्सिलका व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा.सतिस कुमार देवको संयोजकत्वमा साउन ४ गते समिति बनाइएकाे थयाे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका, प्रा.डा.अर्जुन कार्की, त्रिवि शिक्षण अस्पतालका प्रा.डा.जगदिशप्रसाद अग्रवाल, मनमोहन कार्डियोभास्कुलर सेन्टरका प्रा.डा.भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका डा.गुणराज लोहनी छानविन समितिमा थिए ।
प्रतिवेदन अनुसार बीरामी बेहोस भएर अचेत अवस्थामा भेटिए पछि त्यस्ता विरामीलाइ तत्कालै गर्नु पर्ने उपचार नगरिएको र सघन उपचारमा समेत पठाइएको नपाइएकाे उल्लेख छ ।
छानविन समितिका विशेषज्ञहरुले उपचारमा देखिएको त्रुटि समेत प्रतिवेदनमा औल्याएका छन ।
विज्ञ चिकित्सकहरुले नर्भिक अस्पतालको सेवा प्रणाली, व्यवस्थापनमा देखिएको त्रुटी, कमजोरी हरु समेत प्रतिवेदनमा औल्याएका छन । विशेषज्ञ हेरचाह दिने अस्पताल भए पनि स्वास्थ्य उपचारको स्पष्ट कार्यविधि(प्रोटोकल) नरहेको जनाइएकाे छ ।
बिरामीको अवस्था विग्रदै जाँदा समेत चिकित्सकहरु सहानुभुतिपुर्वक प्रस्तुत नभएकाे र विरामीको जिज्ञासालाइ शिष्टतापुर्वक सम्वोधन नगरेकाे प्रतिवेदनमा उल्लेख छ। साथै विरामीको अवस्था गम्भिर हुँदा समेत अन्य विशेषज्ञवाट तत्काल देखाउनका लागि विरामी पक्षवाट गरिएको वारम्वारको अनुरोधलाइ समेत वास्ता नगरिएको जनाइएकाे छ ।





प्रकाशित : आश्विन २८, २०७१ ०२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?