कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकवि केशरी धर्मराज थापाको निधन

काठमाडौं — जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित निवासमा निधन भएको हो । अन्तिम श्रद्धान्जलिका लागि थापाको पार्थिव शरीर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।

जनकवि केशरी धर्मराज थापाको निधन

थापा उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो । पछिल्लो समय उनलाई मस्तिष्क पक्षघात भएको थियो । कान्छा छोरा डा.बुलन्द थापाका अनुसार तीन दिनदेखि उनलाई उनलाई गाहृो भएको थियो । उनले बोल्न समेत छाडेका थिए । मंगलबार बिहान ५ बजे उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आज ११ देखि २ बजेसम्म श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानको परिसरमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी छोरा थापाले दिए ।
हरियो डाँडामाथि, हलो जोत्ने साथी... बोलको चर्चित गीतका लोकगायक थापा दर्जनौं पुस्तक प्रकाशित भइसकेका छन् । २०१३ सालमा राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए । चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।






प्रकाशित : आश्विन २८, २०७१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?