कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँची बागीको शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव वैशाख ३ मा

काठमाडौंमा गरियो अन्तरक्रिया

काठमाडौँ — अर्घाखाँची मालरानी-५ बागीको शान्ति माध्यमिक विद्यालयले आउँदो वैशाख ३ गते हीरक महोत्सव मनाउने भएको छ । उक्त महोत्सवको सन्दर्भमा आइतबार काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलमा विशेष अन्तर्क्रिया गरियो ।

अर्घाखाँची बागीको शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव वैशाख ३ मा

शान्ति मावि व्यवस्थापन समितिका सदस्य तथा वडा अध्यक्ष तुल्सिराम मिश्रको अध्यक्षतामा भएको अन्तर्क्रियामा हीरक महोत्सव भव्य रुपमा सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डिलाराम आचार्य,विशिष्ट अतिथिहरुको रुपमा पूर्व मन्त्री सुसिला सिर्पाली ठकुरी, संघीय सांसद बिजुला रायमाझी,शिक्षाप्रेमी नरेन्द्रकुमार क्षेत्रीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व वडाअध्यक्ष तथा आर्थिक समितिका सदस्य शोभाकर भुसाल ,ज्ञानु अधिकारी,बिष्णु चौहान,बीबी अधिकारी, महेन्द्र बस्नेत,बिमल चौहान, अम्मर कुमार बिक,गङबहादुर पन्थी,साबित्रा शर्मा भुसाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजना र व्यवस्थापन बागी/अर्घा सम्बन्ध समाजले गरेको थियो ।


प्रकाशित : फाल्गुन २७, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?