नारायणगढमा माेटरसाइकलकाे ठक्करले साइकलयात्रीकाे निधन
चितवन — नारायणगढ बेलचाेक नजिक साेमबार साँझ माेटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीकाे निधन भएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-३ बेलचाेक नजिक साँझ सात बजे तिर ना ६५ प ६२०६ नम्बरकाे माेटरसाइकलले ठक्कर दिँदा साइकलयात्री भरतपुर-११ गणेशथानका ६० वर्षीष कुमार गुरूङकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा माेटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका-३ का ३३ वर्षीय सुदर्शन अधिकारी र माेटरसाइकलकाे पछाडी बसेका भरतपुर-९ बसन्तचाेकका ४९ वर्षका सन्ताेष बुर्लाकाेटी घाइते भएका छन् । चालक अधिकारीकाे दुवै हातमा चाेट लागेको छ ।
बुर्लाकाेटीकाे टाउकाे र हातमा चाेट छ । बुर्लाकाेटीकाे अवस्था मध्यम र चालक अधिकारीकाे अवस्था सामान्य रहेकाे चितवन प्रहरीले जनाएकाे छ । घाइते दुजै जनाकाे चितवन मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित : वैशाख १०, २०८१ २१:१७