कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

काठमाडौ — न्यु डायमन्ड र एपीएफ क्लब नवौं ढोरपाटन ब्लु स्काई टीभीएस कप महिला डबल लिग भलिबलमा बुधबार संयुक्त शीर्ष स्थानमा रहेका छन् ।

छोटकरी
न्यु डायमन्ड र एपीएफ शीर्षस्थानमा
काठमाडौं (कास)- दुवैले दोहोरो सफलता हात पार्दै ७ खेलमा अपराजित रहँदै समान २१ अंक जोडेका छन् । न्यु डायमन्डले पश्चिमाञ्चल र काभ्रेलाई तथा एपीएफले पशुपति क्याम्पस र आयोजक ढोरपाटनलाई हरायो ।  दुवैको समान अंक भए पनि सेटका आधारमा न्यु डायमन्ड अघि छ । पहिलो लिगको अन्तिम दिन बिहीबार न्यु डायमन्ड र एपीएफ शीर्षस्थानका लागि भिड्दै छन् ।
कृष्णमोहन ब्याडमिन्टन फागुन पहिलो साता
काठमाडौं (कास)- राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टनको दसौं संस्करण फागुन पहिलो साता हुने भएको छ । प्रतियोगिता फागुन ५ देखि ९ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख १५ हजार रुपैयाा रहेको जानकारी दिए । एपीएफ मुख्यालय हलचोकको कभर्डहलमा हुने प्रतियोगितामा ११ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । 
संरक्षक र आत्माराम सेमिफाइनलमा
हेटौंडा (कास)- संरक्षकभूषण वज्राचार्य र आत्माराम कार्की चौथो सामरी स्लाम लनटेनिसको पुरुष सिंगल्समा बुधबार सेमिफाइनल प्रवेश गरेका छन् । संरक्षकले कुलबहादुर राईलाई ६-२ र ६-१ पराजित गरे । त्यस्तै आत्मारामले सक्षम कार्कीलाई ७-६ र ६-४ को सेटमा पराजित गरे । उनीहरूसँगै सन्तोष खत्री र कमल भण्डारी पनि अन्तिम चारमा पुगे ।  
रोनाल्डो तीन खेल प्रतिबन्धित
म्याडि्रड (कास)- बेलन डे'अर विजेता क्रिस्टियानो रोनाल्डोले रियल म्याडि्रडका लागि तीन लिग खेल गुमाउने भएका छन् । एथलेटिको बिलबाओविरुद्ध १-१ को बराबरीमा टुंगेको खेलमा उनलाई सीधै रातो कार्ड देखाइएको थियो । यो उनको खेलजीवनको आठौं रातो कार्ड थियो । स्पेनी फुटबल संघले पोर्चुगाली स्टारलाई रातो कार्डको एक खेल प्रतिबन्धसँगै मैदान छाड्ने क्रममा उनले देखाएको अभद्र व्यवहारका लागि दुई थप खेलको सजाय सुनाइएको हो । 

प्रकाशित : माघ २३, २०७० ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?