कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मादीमूलखर्क खुलादिसा मुक्त घोषित

संखुवासभा — मादीमूलखर्कलाई खुलादिसा मुक्त गाविस घोषणा गरिएको छ । स्थानीय विकास अधिकारी लीला अधिकारीले मादीमूलखर्क पुगेर गाविसलाई खुलादिसा मुक्त क्षेत्र घोषणा गरेकी हुन् ।


खुलादिसा मुक्त क्षेत्र घोषणा भएपछि मूलखर्कले एक लाख रुपैयाँ पुरस्कार पाएको छ । उक्त रकम अधिकारीले सचिव ईश्वरीप्रसाद घिमिरेलाई हस्तान्तरण गरिन् । मूलखर्क गाविस, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय र स्थानीय बासिन्दाको पहलमा खुलादिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । मूलखर्क गाविसभर भएका १२ सय ८४ घरधुरीका सबैको घरमा सुधारिएको पक्की शौचालय निर्माण भएका छन् । उनीहरूले शौचालय बाहिर दिसापिसाब गरेको भेटेमा पहिलो पटक ५ सय रुपैयाँ जरिमाना तिराउने र दोस्रो पटकदेखि ५ हजार रुपैयाँसम्म जरिमाना तिराउने निर्णयसमेत गरेका छन् ।

प्रकाशित : चैत्र २५, २०७० १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?