कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेसान ब्रान्च अग्रस्थानमा

काठमाडौ — चीन-नेपाल मैत्री चेस प्रतियोगितामा शुक्रबार चीनको लेसान ब्रान्च स्कुल अग्रस्थानमा रहेको छ।

विन्ध्यवासिनी मावि, टोखाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो र तेस्रो चरणका खेल सम्पन्न हुँदासम्म लेसान ब्रान्च स्कुलले ६ अंक हासिल गरेको छ। लेसान स्कुलको म्याच प्वाइन्ट १६ छ। त्यस्तै अन्नपूर्ण उच्च मावि र पायोनियर स्कुल, कपनले समान ५ अंक जोडेर लेसान स्कुललाई पछ्याइरहेका छन्।
तेस्रो चरणको खेलमा लेसान स्कुलले गि्रनल्यान्ड स्कुल, धापासीलाई ४-२ ले हरायो। लेसानका हाङ दोङ हुले सुशान्त गौतम, थीं चेन जीले अनिश न्यौपाने, झान जीले विवेक पाण्डे र वाङ जीले नवीन श्रेष्ठलाई हराए भने गि्रनल्यान्डका विशाल सुनुवारले यी लि सेङ र युवराज पौडेलले थाङ गो मिङलाई पराजित गरेका थिए। यसअघि दोस्रो चरणमा चीनले दीपज्योति बोर्डिङ स्कुलमाथि ६-० को क्लिन स्विप गरेको थियो।
अन्नपूर्णले विन्ध्यवासिनीमाथि तेस्रो चरणको खेलमा ५-१ को जित दर्ता गर्‍यो। अन्नपूर्णका लागि मिलन लामा, अजुब गुरुङ, अदनान आदिल, आशीर्वाद नकर्मी र रोविन लामाले जित निकाले भने प्रवेश लामा विन्ध्यवासिनीका सौरभ पौडेलसित हारे। दोस्रो चरणको खेलमा अन्नपूर्णले पायोनियरसित ३-३ को बराबरी खेल्यो।

प्रकाशित : भाद्र ७, २०७१ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?