कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अधिकांश झापाली बने सहरवासी

चेतन अधिकारी

दमक — गाविस गाभेर नगरपालिका घोषणा भएपछि झापाका गाउँ सहरको जनसांख्यिक संरचना बदलिएको छ।

अधिकांश झापाली बने सहरवासी
गाविसमा गणना भएकाहरूको 'स्तर उक्सिएर' सहरका बासिन्दा भएपछि अन्यत्रजस्तै यहाँ पनि सहरवासीको संख्या ह्वात्तै बढेको छ।
नयाँ तथ्यांकअनुसार झापामा ५० दशलमलव ८५ प्रतिशत मानिस सहरमा बस्ोका छन्। साबिक तीनवटा मात्र नगरपालिका हुँदा यहाँका १८ दशमलव ५ प्रतिशत जनता मात्र सहरमा बस्थे। सरकारले चालु वर्षमै दुईपटक गरेको नगरपालिका घोषणामा झापामा चारवटा नयाँ नगरपालिका भएका छन्। यसले प्रशासनिक विभाजन पनि फेरिएको छ। नयाँ घोषित बाहेक सदरमुकाम चन्द्रगढी र छिमेकी महेशपुर गाविसलाई भद्रपुर नगरपालिकामा गाभिएपछि सहर र गाउँको संख्या पनि फेरबदल भएको छ।
पछिल्लोपटक घोषणा भएको शिवसताक्षीसहित झापामा नगरपालिकाको संख्या सात पुगेको छ। सरकारको अघिल्लो घोषणामा तीनवटा नगरपालिका नयाँ भएका थिए। तीन दिनअघि एउटा नगरपालिका अरु थपिएको छ। तीनवटा पुराना नगर यथावत थिए।
झापामा अहिले ४९ दशमलव १५ प्रतिशत मानिस ग्रामीण क्षेत्रमै बसोबास गर्दैछन्। ०६८ को तथ्यांकअनुसार झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० छ। त्यसमा अहिले आधाभन्दा बढी जनसंख्या सहरवासी भएको छ। 'जिल्लाको आधाभन्दा बढी जनसंख्या सहरवासी हुनु भनेको समृद्धिको अवस्था हो', उद्योग वाणिज्य संघ झापाका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले भने, 'सहरका आधारभूत पूर्वाध्ाार तयार गर्ने हो भने झापाका नगरपालिका देशैभरिका मानिसका अवसरको खेती गर्ने ठाउँ हुन सक्छन्।' अहिले पनि झापामा १ सय १० जातजाति र ९० वटा भाषा बोल्ने मानिसको बसोबास छ।
४७ वटा गाविस र तीनवटा नगरपालिका भएको जिल्लामा अब गाविस संख्या घटेर ३७ भएको छ। शनिअजर्ुुन नगरपालिकामा दुईवटा गाविस शनिश्चरे र अजुर्नधारा गाभिएका छन्। कन्काई नगरपालिकामा सुरुंगा र घैलाडुब्बा गाविस गाभिएका छन्। शिवसताक्षीम्ाा शिवगञ्ज र सतासीधाम गाविस गाभिएका छन्। बिर्तामोड नगरपालिकामा अनारमनी र चारपाने छन्। नेपालकै पुरानो अर्थात २००८ सालमा नगरपालिका घोषणा भएको भद्रपुरमा सदरमुकाम चन्द्रगढी गाविस र महेशपुर गाभिएको छ। यसरी हेर्दा नयाँ घोषणा भएका तीनवटा नगरपालिकामा दुई/दुईवटा गाविस मिलाइएको र भद्रपुरमा थप गाविस गाभिएकाले गाउँ संख्या घटेको छ। जिल्ला विकास समिति झापाका अनुसार जिल्लामा नगरमा जनसंख्या ४ लाख १३ हजार २ सय ४८ पुगेको छ भने गाउँमा ३ लाख ९९ हजार ४ सय २ भएको छ।
'आधाभन्दा बढी जनसंख्या सहरवासी हुनु भनेको गैरकृषि क्षेत्रमा मानिसको लगाव बढ्नु हो,' दमक बहुमुखी क्याम्पसको अर्थशास्त्र प्राध्यापक अखिलेस दासले भने, 'यी सहरहरूलाई सहरकै रूपमा विकसित गर्ने हो भने यिनलाई उद्योगमुखी बनाउनुपर्छ। जसले आर्थिक उत्पादनको हिस्सा ओगट्नुपर्छ।'
लामो समयसम्म नगरपालिका घोषणा नगर्दा पूर्वाध्ाार पुगेर पनि कतिपय गाविसले सहरको परिचय बनाउन सकेका थिएनन्।
मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड समेत अनारमनी गाविसका केही वडामा खुम्चिएको थियो। जिल्लाको सबभन्दा घना जनसंख्या भएको यो गाविसमा जनसंख्या ४२ हजार ७ सय १२ थियो।
छिमेकी चारपानेसँग गाभिएर बिर्तामोड नगरपालिका भएको यो सहरको जनसंख्या अब ६० हजार १ सय ७४ पुगेको छ। दमक नगरपछि दोस्रो ठूलो जनसंख्या भएको नगर बिर्तामोड हो। भद्रपुर नगरपालिकामा त कुल जनसंख्याभन्दा बढी मानिस चन्द्रगढी गाविसबाट मात्र थपिएका छन्। भद्रपुरको जनसंख्या १८ हजार १ सय ६४ रहेकामा चन्द्रगढीको १८ हजार ९ सय ४९ जनसंख्या थपिएको छ। यसमा महेशपुरको १३ हजार १ सय ३६ जनसंख्या थपिंदा ५० हजार २ सय ४९ जनसंख्या पुगेको छ।
पूर्वपश्चिम राजमार्गको करिब ५५ किलोमिटर दूरी भएको झापामा करिब ८ किलोमिटर क्षेत्रफलबाहेक चोकैपिच्छे नगरपालिका छन्। राजमार्गका लखनपुर, तोपगाछी र धरमपुर गाविसले नगरपालिका हुने सौभाग्य पाएनन्। दक्षिण झापाको अर्को व्यापारिक केन्द्र गौरादह र गौरीगञ्ज पनि नगरपालिका घोषणा भएनन्। खजुरगाछी र गौरीगञ्ज मिलेर गौरीगञ्ज नगरपालिका बनाउने आन्तरिक सहमति गरेर मन्त्रालयमा पठाए पनि नगर घोषणामा नपर्दा स्थानीय निराश छन्।

प्रकाशित : मंसिर २०, २०७१ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?