कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाली खेलकुदमा स्वर्ण जित्ने एपीएफ खेलाडीलाई सशस्त्रले १० लाख दिने

सशस्त्र प्रमुखद्वारा खेलाडीको बिदाइ

काठमाडौं — सशस्त्र प्रहरी बलले कोरियाको इन्चोन सहरमा हुने १७ औं एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । रजत पदक विजेताले पाँच लाख र कास्य पदक विजेता क्लबका खेलाडीले दुई लाख रुपैयाँ पाउनेछन् ।

एसियाली खेलकुदमा स्वर्ण जित्ने एपीएफ खेलाडीलाई सशस्त्रले १० लाख दिने
सशस्त्र प्रहरी बलले कोरियाको इन्चोन सहरमा हुने १७ औं एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
विभिन्न विद्याका ४७ जना खेलाडी बिदाइका लागि सशस्त्र प्रहरी बलको मूख्यालयमा आइतबार भएको कार्यक्रममा महानिरीक्षक कोषराज वन्तले स्वर्ण जित्ने एपीएफ क्लबका खेलाडीहरुलाई १० लाख, रजत पदक विजेता क्लबका खेलाडीहरुलाई पाँच लाख र कास्य पदक विजेता क्लबका खेलाडीलाई दुई लाख रुपैयाँ नगद दिने घोषणा गरे ।
महानिरीक्षक वन्तले देश र संगठनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदा जित्छु भन्ने आत्मविश्वासका साथ खेल मैदानमा उत्रन आग्रह गरे । सशस्त्र प्रहरी महानिरीक्षक वन्तले उत्कृष्ट खेल प्रदर्शन गर्ने बलका खेलाडीहरुलाई संगठनले पुरस्कृत गर्नुका साथै संगठनबाट दिन सकिने सुविधाहरु प्रदान गर्दै आएको उल्लेख गरे ।
नेपालबाट एसियाली खेलकुदमा सहभागी हुने दुई सय एक जना खेलाडीमध्ये सशस्त्र प्रहरीको एपीएफ क्लवबाटमात्रै ४७ जना छन् । विभागीय टीमहरुबाट ९६ जना छनोट भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले खेलाडीको स्तर अभिबृद्धिको लागि संगठनले प्रसस्त ध्यान पुर्‍याएको उल्लेख गरे ।
आगामी असोज ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने एसीयाली खेलकुदको २४ विद्यामा नेपालले प्रतिनिधित्व गर्ने समारोहमा जानकारी दिइयो । ती मध्ये १४ विद्यामा एपीएफ क्लबका खेलाडीहरु सहभागी हुनेछन् ।
२०६१ साल बैशाख ३१ गते स्थापना भएको नेपाल एपीएफ क्लबले राष्ट्रिय प्रतियोगितामा ५४१ स्वर्ण पदक, ३९३ रजत पदक र ४२७ कास्य पदक हासिल गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक ३०, रजत पदक २७ र कास्य पदक १५ गरी क्लब स्थापना यता कूल स्वर्ण पदक ५७१, रजत पदक ४२० र कास्य पदक ४४२ गरी जम्मा १ हजार ४ सय ३३ पदक हासिल गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।



प्रकाशित : भाद्र २९, २०७१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?